इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने
तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्धारा नेपाली तामाङ समुदायको राष्ट्रिय महान सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्हो (सुँगुर) वर्गको पावन अवसरमा आगामी ८ फेब्रअरी २०१९ (शुक्रबार) तेलअविव स्थित याद यारुचिम १५ मा रहेको इभ पार्टी हलमा ‘ल्होछार साँझ -२०७५’ भव्यताको साथ मनाउने भएको छ |
संस्थाका अध्यक्ष अनिता तामाङको अध्यक्षतामा २१ नोभेम्बर बुधबार बसेको बैठकद्वारा खी/नाखी (कुकुर) बर्गको बिदाई गर्दै फाग/ ड्वा(सुँगुर) वर्गलाई स्वागत गर्दै ‘ल्होछार साँझ -२०७५’ सांस्कृतिक कार्यक्रम सहित रात्रिभोज (Dinner Party) मनाउने निर्णय गरेको महासचिव अनिला मोक्तान तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
संस्थाले प्रवास भुमि इजरायलबाट नेपाली तामाड जातिको भाषा, धर्म,भेषभुषा,रितिरिवाज,कला साहित्य तथा संस्कृतिको जगेर्ना गर्दै शैक्षिक,स्वास्थ्य,दैविक प्रकोप लगायत बिपत्तिमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ |
ल्होछार कार्यक्रममा इजरायलबासी तामाङ तथा गैरतामाङ सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिममय उपस्थितको लागि नेपाल तामाङ घेदुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |