तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न
मंसिर ५ गते पोखरा – दिपक वाईबा तामाङ । कोकोम्हेन्दो साहित्य समाज र नम्दरदिमको संयुक्त आयोजनामा तामाङ लामा , बोन्बो, ताम्बा, गान्बा , लप्तवा ,खैबा र नेपाल तामाङ घेदुङका अगुवाहरु बिच ‘ तामाङ साँस्कृतिक लोकवार्ता’ सम्पन्न गरियो ।
कोकोम्हेन्दो साहित्य समाजका संरक्षक कुम बहादुर योन्जन चोहो , नम्दरदिमका परिकल्पनाकार , लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धनप्रसाद डुम्जन सहजकर्ता / टिप्पणीकार र कोकेम्हेन्दो साहित्य समाजका संयोजक दिपक वाईबाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
सो अवसरमा सबै सहभागीहरुको महत्वपूर्ण सुझाव , धारणा र अनुभवलाई नेताघे कास्कीका सचिव सुन्दर थोकर ले टिपोट गर्नुभएको थियो ।अन्त्यमा सबैको विचार धारणालाई समेट्दै सहजकर्ता धनप्रसाद डुम्जन ज्युले ५ बुँदे साझा अवधारणा तयार पार्नुभई प्रस्तुत गर्नुभएको थियो ।