पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा

काठमाडौं । पछिल्लो समय सम्बन्ध विच्छेदका लागि अग्रसर हुनेमा पुरुषको संख्या बढ्दो छ ।
नयाँ मुलुकी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदको अधिकार दिएपछि देशैभरका अदालतमा सम्बन्ध विच्छेदको मुद्धा लिएर जाने पुरुषहरुको संख्या उल्लेख्य रुपमा बढेको हो ।
भदौ १ गतेबाट लागु भएको नयाँ मुलूकी देवानी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदको अधिकार दिएपछि सम्बन्ध विच्छेदको मुद्धा लिएर अदालत पुग्ने पुरुषको संख्या ह्वात्तै बढेको छ ।
ऐन लागुु भएको ३ महिनामा काठमाण्डौ जिल्ला अदालतमा ३ सय ७२ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । जसमध्य १ सय ८८ मुद्धा पुरुषले दर्ता गरेका छन् ।
काठमाडौ जिल्ला अदालतका सुचना अधिकारी मदन राज भट्टराईका कानुनले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था गरेकाले पुरुषको संख्या बढेको बताए ।
सामाजिक संजालको गलत प्रयोग, वैदेशिक रोजागार, कम उमेरको विवाह र विभिन्न पारिवारिक समस्याका कारण सम्वन्ध विच्छेद हुने क्रम बढ्दो छ ।
सानो घरायसी झगडामा सिधै सम्बन्ध विच्छेद जस्तो गम्भिर निर्णय गर्ने प्रवृतिले पनि सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढी रहेको छ ।
मनावशास्त्री विष्णु दाहालले बढ्दो सम्बन्ध विच्छेदले पछिल्लो पुस्तामा नकारात्मक असर पर्ने र पारिवारिक संस्कृती नै धरापमा पर्ने खतरा बढेको बताए ।
पतिपत्नीले एकअर्कालाई दोष दिंदै अलग्गिएर बस्ने बाध्यता भन्दा पनि रहर बन्दै जाँदा त्यसको प्रत्यक्ष असर उनीहरुका बालबच्चामा पर्ने गर्दछ । जसबाट समाज नै विश्रंखलित नहोला भन्न सकिंदैन ।
५ कार्तिक २०७५