इजरायलमा स्व.पद्म रत्न तुलाधारको शोक तथा श्रद्धांजली सभा सम्पन्न

तेलअविव – नेपाल आदिवासि जनजाति महासंघ इजरायल साथै महासंघमा आवद्द सदस्य संघ द्वार सम्युक्त आयोजित महान ब्यक्तित्व स्व.पद्म रत्न तुलाधारको शोक तथा श्रद्धांजलि सभा सम्पन्न गरेको छ |
नेपाल आदिवासि जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ नेवाको सभपतित्वमा भएको शोक सभामा प्रमुख अतिथि संस्थाका संस्थापक महासचिव एवम बर्तमान संरक्षक सुंदर सिंह लामा तामाङ,बिशेष अतिथि प्रमुख एनआरएन इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा ,अतिथिहरुमा महासंघमा आबद्ध संघका अध्यक्ष एवम प्रतिनिधिहरु महासंघका बर्तमान सल्लहकार डम्बर गुरुङ ज्यू पुर्व सल्लहकारहरु साथै बिभिन्न धार्मिक सामजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र मिडियाकर्मीको समुस्तिथिमा स्व. पद्म रत्न तुलाधरको तस्विरमा सभापति प्रमुख अतिथि र बिषेश अतिथि द्वारा सम्युक्त रुपमा दिप प्रज्वालन गरि कार्यक्रमको उद्घाटन संगै माल्यार्पन खदा अर्पन तथा फूल अर्पन गरेका थिए |
महासंघका महासचिव समिर श्याङबा ह्योल्मो द्वारा संचलन भएका उक्त कारयक्रममा बिषेश अतिथि एनआरएन इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा , प्रमुख अतिथि सुंदर सिंह लामा तामाङले शोक मंतब्य दिनु भएको थियो |साथै उपस्तिथ सम्पूर्ण अतिथि तथा शुभ चिंतकहरुले फूल अर्पन गरि स्व.महान नेताप्रति श्रद्धा प्रकट गरिएको थियो |
कार्यक्रमको अन्तमा नेपाल आदिवासि जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले स्व.पद्म रत्न तुलाधारको कार्य तथा योगदानको कदर गर्दै सन्क्षेप्तामा बर्णन गर्दै शोक मंतब्य सहित श्रद्धांजलि अर्पन संगै स्व. पद्म रत्न तुलाधर अमर रहुन ! नेपाल आदिवासि जनजाति जिंदावाद जिंदावाद !! सहितको सम्युक्त नारा सहित शोक तथा श्रद्धाजंलि सभा समापन गरेको थियो |