इजरायलमा चासाेक तङ्नाम मनाउने भब्य तयारी हुँदै

तेलअविव – इजरायलमा बसोबास गर्नुहुने लिम्बु (याक्थुङ) हरूको साझा संस्था “किरात याक्थुङ चुम्लुङ इजरायल” द्वारा लिम्बु (याक्थुङ) समुदायकाे मुख्य राष्ट्रिय चाड चासाेक तङ्नाम आउँदो १४ डिसेम्बर २०१८ (शुक्रबार) तेलअविव स्थित यादखारूत्चिम स्ट्रीट १५ इभ हलमा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रममा नेपालबाट गायकहरू जय प्रकाश नेम्बाङ र रूकमान लिम्बुकाे साथमा स्थानिय कलाकारहरूकाे पनि प्रस्तुति रहनेछ।
बिदेशकाे ठाउँमा भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलार्इ सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले तत् समय बाट नै अाफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै अाएकाे छ ।
प्राकृतिक पुजक लिम्बु (याक्थुङ) समुदायकाे परम्परागत संस्कार अनुसार बर्खायाममा लगाएकाे अन्नबाली पाकेपछि अाफुले ग्रहण गर्नु र घरमा भित्र्याउन भन्दा पहिले राम्राे संग अन्नबालि पाकेकाेमा माङहरूलार्इ धन्यवाद दिदै उहांहरूलार्इ पहिले चढाएर मात्र अाफुले ग्रहण गर्ने र घरमा भित्र्याउने चलन छ । उधाैली पनि भनेर चिनिन्ने याे चाड मंसिर पुर्णिकाे दिन मानिने पात्राेमा निर्धारण भए पनि अन्नबालि पाकेपछि चाःसाेक तङ्नाम (न्वाँगी पुजा) सुरू भर्इ एक महिना सम्म चल्ने गर्छ ।
कार्यक्रममा याक्थुङ परिकारका भाेजनहरूकाे ब्यवस्था गर्ने र इजरायलमा कार्यरत सम्पुर्ण नेपाली र नेपाली भाषीहरूलार्इ कार्यक्रममा बिभिन्न माध्यमहरू बाट अायाेजक कियाचु इजरायलले निमन्त्रणा गरेकाे छ ।