‘मि टू’बारे प्रीति जिन्टाले ‘आजकी स्वीटु कल की मि टू हो सकती हे” भनेपछि …

‘मि टू’ अभियानबारे दिएको अभिव्यक्तिले बलिउड अभिनेत्री प्रीति जिन्टा अालाेचना भएकाे छ। गत वर्ष हलिउडबाट सुरु भएको ‘मि टू’ अभियान अहिले विश्वभर फैलिरहेको छ। यसको उद्देश्य महिलामाथि भएको यौन हिंसा तथा ज्यादतीलाई खुलेर सार्वजनिक गर्नु हो।
यस अभियानले याैन हिंसामा संलग्न संसारका शक्तिशाली मानिसहरुलाई समेत कारबाहीको घेरामा ल्याउन मद्दत गरिरहेको छ।
प्रीतिले बलिउड हंगामासँग गत आइतबार एक अन्तर्वार्ता दिएकी थिइन। सो अन्तर्वार्तामा उनलाई ‘मि टू’ अभियानबारे प्रश्न गरिएको थियो।
पत्रकारले उनलाई ‘तपाईं कुनै हिंसाको शिकार हुनु भएको छ?’ भनेर प्रश्न गर्दा उनी उत्तर दिनुभन्दा अघि नै हाँस्छिन्। उनी भन्छिन्, ‘अहिलेसम्म त छैन। तर म यसको अनुभव गर्न चाहान्छु। जसले गर्दा प्रश्न गर्ने तपाईलाई उत्तर दिन सकुँ।’
उक्त अन्तर्वार्तामा उनले दिएकाे उत्तरका कारण अहिले भारतभर उनको तीव्र रुपमा भइरहेका छन्। उनलाई ‘मि टू’ अभियानको खिल्ली उडाएको आरोप लागेको छ।
उनले रमाइलो तवरमा भनेकी छन्, ‘आजकी स्वीटु कल की मि टू हो सकती हे।’ याेसँगै सामाजिक सञ्जालमा उनले यौन हिंसाबाट पीडित महिलाहरुलाई अपमान गरेको, खिल्ली उडाएको भन्दै आलोचना भइरहेको छ।
यसअघि उनले ‘मि टू’ अभियान महत्वपूर्ण रहेको बताउने गरेकी थिइन्। उनले बलिउड हंगामासँग भने ‘मि टू’ले विकृति ल्याएको बताइन्।
उनले महिलाले यसलाई निजी स्वार्थको लागि अरुको चरित्र हत्या गर्न प्रयोग गरेको बताइन्। उनको आलोचना भइरहँदा सोमबार उनले ट्वीट गर्दै आफ्नो भिडियोलाई बलिउड हंगामाले हेरफेर गरेको आरोप लगाइन।
महिला अधिकारवादीहरुले प्रितीले यस्ता गम्भीर विषयमा सोच पुर्याएर बोल्नुपर्ने बताएका छन्।