इजरायलमा तमु (फो) ल्होसार भव्यताको साथ मनाउने तयारी

तेलअविव -तमु समाज इजरायलको आयोजनामा ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ,शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ”भन्ने मूल नाराका साथ तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम, शुभकामना आदन-प्रदान, रात्री भोज र डिजेका साथमा खी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै फो ल्हो (मृग वर्ग) लाई स्वागत गरि राष्ट्रिय पर्ब तमु ल्होसार स्योकै कार्यक्रम भब्य तयारीका साथमा आउँदो 4 जनवरी 2019 (शुक्रबार) याद्खारुचिम-15, तेलअविवमा गर्ने भएको छ |
तमु समाज इजरायलकी तृतीय उपाध्यक्ष खुशी क्ले तमुस्योको संयोजकतवमा नेपालीहरुको राष्ट्रिय पर्व तथा तमुहरुको मौलिक पर्व तमु ल्होसार कार्यक्रम आफ्नो समुदायको तमु पोशाक तथा भेष-भुषामा भब्यताका साथ मनाउने भएको छ |
आफ्नो मौलिक भाषा, भेष-भुष, कला, सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना गर्दै भइपरी आउने कठिन परिस्थितिमा एक अर्कामा आपसी सदभाब र सामाजिक सदभाब कायम राख्ने उद्धेश्यका साथ सन् २००६ मा स्थापित तमु समाज इजरायल यो वर्ष १२ औ वर्षमा प्रवेश गरेको छ |
यस १२ र्ष भरिमा तमु समाज इजरायलले हरेक क्षेत्रमा सामाजिक, आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग, सर-सल्लाह र सहकार्य गर्दै आएको तमु समाज इजरायलको 12औ वर्षको सुखत उपल्क्षयामा राष्ट्रिय पर्ब (फो) ल्होसार सब्य र भब्यताका साथ मनाउने भएको छ र उक्त कार्यक्रममा सहभागी हुनु भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको लागि आफ्नो जातिय तमु पोशाकमा संंम्पूर्ण सचेत तमु दाजुभाइ दिदीबहिनीहरु र इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी दाजुभाइ-दिदीबहिनी तथा ङ्गोलो ङ्गोल्स्योहरुमा बिगतका बर्षहरुमा झैँ अहिलेको १२ औ वर्षको ल्होसार मा पनि सहभागिताको लागि तमु समाज इजरायल द्वारा हार्दिक अपीलको साथ निमन्त्रणा गरेको छ |