खशोग्गी हत्याको अडियो सुन्न मानेनन् ट्रम्पले

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी अडियो टेप नसुन्ने बताएका छन् ।आफूले यसको बारेमा सबै कुरा थाहा पाइसकेकाले यो डरलाग्दो टेप सुनिरहनु आवश्यक नभएको उनी बताउँछन् ।
ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै भने, ‘हामीसँग त्यो टेप छ । म टेप सुन्न चाहन्नँ । यो पीडादायक टेप सुन्नुपर्ने कुनै आवश्यकता छैन । मैले अधिकारीहरूलाई टेप सुन्नैपर्ने हो र भनी सोध्दा सुन्नुपर्दैन भने ।’
ट्रम्पले अडियो टेप हिंस्रक, क्रूरतापूर्ण र मुटु कँपाउने खालको भएको बताए । यससँगै ट्रम्पले खशोग्गी हत्यासम्बन्धी रिपोर्ट दुई दिनमा पाउने पनि बताएका छन् ।
पत्रकार खशोग्गी साउदी अरब शासकहरूका कटु आलोचक थिए । त्यसैले उनलाई इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा बिहेसम्बन्धी कागजात मिलाउन जाँदा क्रूरताका साथ हत्या गरिएको थियो ।
एजेन्सी
मंसिर ३, २०७५