इजरायल:राष्ट्रिय तामाङ मौलिक भेषभुषा महिला फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको चौथौ बार्षिक उत्सबको अवसरमा ‘तामाङ जातिको राष्ट्रिय भेषभुषा र गरगहनालाई सम्वर्द्धन गर्ने मुख्य उद्धेश्यको साथ आयोजित राष्ट्रिय तामाङ मौलिक भेषभुषा महिला फोटो प्रतियोगिता – 2018 सम्पन्न भएको छ |
संस्था द्वारा गत १६ तारिख २०१८ (शुक्रबार) मनाएको चौथो बार्षिक कार्यक्रममा प्रतियोगि मध्ये नियम अनुसार पेज लाइक भएको भोटिङ मात्र मान्यता दिएर बिजयीको घोषण गरेको निर्णायक समितिले जानकारी दिएको थियो |
जसअनुसार प्रतियोगी नम्बर १८ को चन्द्रमाया बम्जन तामाङ प्रथम ,प्रतियोगी नम्बर ५ को अन्जु योन्जन तामाङ दोश्रो र प्रतियोगी नम्बर १४ को सावित्री राई तेश्रो भएको थियो |
प्रथम हुनु भएको प्रतियोगी नम्बर १८ को चन्द्रमाया बम्जन तामाङलाई नेपाली रुपियाँ १०,००० (दश हजार) नगद पुरुस्कार , तामाङ पहिचान टोपी, खादा लगाएरको साथै सिभर फ्रेममा प्रतियोगितामा भाग लिएको फोटो राखेर प्रदान गरेको थियो |
प्रथम भएबापतको प्राप्त भएको दश हजार रुपियाँ बिजयी चन्द्रमाया बम्जन तामाङले तात्कालै मन्चबाट नेपाल तामाङ घेदुङ इजरायल द्वारा स्थापन गरिएको तामाङ शैक्षिक कोषलाई हस्तान्तरण गरेका थिए |
दोश्रो र तेश्रो हुनु भएका र सहभागी सबै प्रतियोगीहरुलाई चौथौ बार्षिक उत्सब कार्यक्रमको सभापति अनिता तामाङ,प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ,निर्णायक समितिका संयोजक उर्मिला पाख्रिन लामा तामाङ,सदस्यहरु सुन्दर सिंह लामा तामाङ, बी बी लामा तामाङ,कल्पना मोक्तान तामाङ र माया तामाङ दिप्माले पुरुस्कार ,प्रमाण पत्र र प्रशंसा पत्र हस्तान्तरण गरेका थिए |
फोटोमा लाइक गर्नेले ‘पेज’ लाइक नगर्दा फरक नतिजा
प्रतियोगीहरु मध्ये नेपाल तामाङ घेदुङ इजरायल द्वारा Create Page गरेको “तामाङ राष्ट्रिय भेषभुषा प्रतियोगिता – 2018” को पेजमा १३ नोभेम्बर रातको १२ बजे सम्म आएको पेज लाइक , फोटोमा आएको लाइक र शेयरलाई मान्यता दिएको थिए |
निर्णायक समितिका अनुसार सबै भन्दा बढि प्रतियोगी नम्बर ५ को अन्जु योन्जन तामाङको फोटोमा जम्मा ११०७ लाइक र १९०८ शेयर भएको थियो | जस मध्ये उनको फोटो लाइक आएकोमा “तामाङ राष्ट्रिय भेषभुषा प्रतियोगिता – 2018 ” पेजलाई जम्मा ४१२ जनाले लाइक गरेका थिए |
यसैगरी दोश्रो प्रतियोगी नम्बर १८ को चन्द्रमाया बम्जन तामाङको फोटोमा १०३७ लाइक र ३०१० शेयर भएको थियो | जम्मा फोटोमा आएको लाइक मध्ये पेज लाइक ४४८ ले गरेका थिए |
यसैगरी प्रतियोगी नम्बर १४ को सावित्री सुनुवार राईले ९५२ लाइक र ६९३ शेयर गरेको थियो | उनको फोटोमा कुल लाइक आएको मध्ये पेज लाइक २९८ ले मात्र गरेका थिए |
भोटिङ गर्दा पेजलाई अनिवार्य लाइक गरेकोलाई मात्रा मान्यता दिने गणना गर्ने पुर्व शर्त र नियम अनुसार पेजलाई प्रतियोगी नम्बर १८ को चन्द्रमाया बम्जन तामाङले सबै भन्दा बढी ४४८ लाइक प्राप्त गरेकोमा प्रथम घोषणा गरेका थिए |
दोश्रोमा अन्जु योन्जन तामाङ र तेश्रो सावित्री सुनुवार राई हुनु भएको थियो |
फोटोमा लाइक गर्नेहरुले पेजलाई लाइक नगर्दा फरक नतिजा आएको थियो |
नियमहरु यस प्रकारको रहेका थिए |
१) सहभागिताहरुले अनिवार्य रुपमा “तामाङ मौलिक भेषभुषा प्रतियोगिता -२०१८” को पेज लाईक गर्नुपर्ने छ ।
२) पेज Like लाईक गरिएको फोटोको लाईक Like लाई मात्र मान्यता दिईनेछ |
३) अटो लाईक Like लाई मान्यता दिईने छैन |
४) फोटोमा Like लाईक र share शेयरको आधारमा हुनेछ | (Like लाईकको १.५ भोट र share शेयर को १ भोट गनिनेछ)