हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

नेपाल तामाङ घेदुङइजरायलको चौथो बार्षिक उत्त्सव भव्यताको साथ सम्पन्न

इजरायल – नेपाल तामाङ घेदुङइजरायलको चौथो बार्षिक उत्त्सव १६ नोभेम्बर १०१८ (शुक्रबार) तेलअबिव इजरायलमा भव्यताको साथ सम्पन्न गरेको छ |

संस्थाका अध्यक्ष अनिता  तामाङको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ,बिशेषहरुमा अतिथि एनआरएनए इजरायलका वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली ,धार्मिक गुरु थुप्तेन लामा तामाङ,संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ,अन्तराष्ट्रिय तामाङ परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ,प्रमुख संरक्षक बी बी लामा तामाङ,संरक्षक कल्पना मोक्तान तामाङ र प्रमुख सल्लाहकार माया तामाङ दिप्मा रहेका थिए | अतिथिहरुमा इजरायल स्थित सामाजिक, धार्मिक, राजनीतिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,संस्थाका सल्लाहकारहरु,मिडियाकर्मीहरु लगायत तामाङ तथा गैरतामाङहरुको सहभागी रहेका थिए |

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै संस्थाका उपाध्या एलिजा दोङ तामाङले स्वागत मन्तव्य राखेका थिए |
कार्यक्रममा आएआरएन इजरायलका इजरायलका वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली,किरांत याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष गीता तुम्बाहाम्फे,उर्मिला पाख्रिन तामाङ, सुन्दर सिंह लामा तामाङ, बी बी लामा तामाङ , माया तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए |
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नरेश कुमार श्रेष्ठले तामाङ लगायत सम्पूर्ण आदिवासीहरुको आ-आफ्नो जातीय भाषा ,धर्म ,भेषभुषा र संस्कार परमपरा भन्दै आईरेह्कोमा अब त्यसको अगाडी नेपाली राष्ट्रिय थप्दै जानुपर्नेमा जोड दिनु भएको थियो | संविधान नै नेपालमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रिय भाषाको मान्यता प्रदान गरी सकेकोमा तामाङ जातीय भाषा भनेर भनि रहनु जरुरत नभएको र सिधै नेपाली राष्ट्रिय तामाङ भाषा भनेर जानु पर्ने बताउनु भएको थियो |

कार्यक्रममा गायिका सारा लामा तामाङले तामाङ भाषामा स्वागत गीत प्रस्तुत गरेका थिए | यसैगरी सावित्री राईले तामाङ सेलो गीतमा निर्त्य प्रस्तुत गरेका थिए भने बिरगंजरि साइकाल कोरोरो गीतमा धावा थोकर तामाङ,दल बहादुर तामाङ , सानुमाया तामाङ र सोनी तामाङले सेलो दोहोरी गाउनु भएको थियो |

यसैगरी कार्यक्रममा सुन्दर सिंह लामा तामाङ,चन्द्रमाया बम्जन तामाङ र दावा थोकर तामाङले तामाङ भाषाको व्हाइखा (कविता) वाचन गरेका थिए |

संस्थाका बार्षिक प्रगति बिवरण महासचिव अनिला मोक्तान तामाङ र आर्थिक विवरण कोषाध्यक्ष दिपा तामाङले वाचन गरी सुनाएका थिए |
कार्यक्रममा संस्थाको चौथो अधिवेशनबाट निर्वाचित हुनु भएका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक बि बि लामा तामाङले   पदीय प्रमाण पत्र,चौथो बार्षिक उत्त्सवमा गीत र निर्त्यको साथै व्हाइखा वाचन गर्नु भएका व्यक्तिहरुलाई प्रमुख अतिथि ,सभापतिबाट  प्रशंसा पत्र वितरण गरिएको थियो |

यसैगरी तत्कालीन नेपाल तामाङ समाज इजरायल (हाल-नेपाल तामाङ घेदुङ ,इजरायल)का भूपू अध्यक्ष चन्द्रमाया बम्जन तामाङ कर्मभुमि इजरायलको रोजगार/कामलाई सकाएर जन्मभुमि प्रस्थान गर्न लागेकोमा प्रवास भूमिमा वहाँले संस्था मार्फत समुदायलाई दिनु भएको योगदानको कदर गर्दै दोसल्ला ,खादा ,तामाङ राष्ट्रिय पहिचान टोपी,ओढाएर ‘सम्मान पत्र’ सहित सम्म्मनित गरी बिदाई गरेका थिए |

साथै राष्ट्रिय तामाङ भेषभुषा प्रतियोगितामा प्रथम,दोश्रो र तेश्रो हुनेलाई प्रमाण पत्र र सहभागीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो |

अन्तमा कार्यक्रमका सभापति अनिता तामाङले हाम्रो भावी सन्ततीहरुलाई तामाङ भाषा ,धर्म ,भेषभुषा , संस्कृति र संस्कार सिकाउदै संरक्षण गर्न ज्ञान दिदै जानुपर्ने बताउनु भएको थियो | कार्यक्रमा आफ्नो कार्य व्यस्ततालाई पनि कुनै परर्वाह नगरि शुरु देखि अन्त्य सम्म बसिदिनुहुने सम्पूर्ण महानुभावहरु प्रति आभारी प्रकट गर्दै मुरीमुरी धन्यबाद व्यक्त गरेकी थिइन् |आगामी दिनहरुमा संस्था द्वारा आयोजित कार्यक्रमहरुमा सहयोग पाउने आशा राख्दै कार्यक्रम बिसर्जन भएको घोषण गरेका थिए |

संस्थाका वरिष्ठ उपाध्यक्ष  सिता कुमारी घिसिङ तामाङको संयोजक रहेको चौथो बार्षिक उत्त्सव कार्यक्रम संस्थाका महासचिव अनिला मोक्तान तामाङले कुशलतापुर्पक संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution