हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अष्ट्रेलियनमा युवतीलाई यौन प्रस्ताव राख्नेपछि एक नेपाली ड्राइभरलाई ‘डिपोर्ट’ गर्दै

अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने (डिपोर्ट) भएको छ।उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षे राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको डेली मेलमा उल्लेख गरिएको छ।

युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुर्व्यवहार गरेका बताइएको छ।

अस्ट्रेलियाको साउथ पोर्ट म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवार्इमा उनलार्इ दुर्इ मुद्दामा दोषी ठहर गरिएको छ। राजेन्द्र सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए।

पीडित युवतीले अदालतमा बयान दिने क्रममा ड्राइभरको उक्त हर्कतबाट आफू अत्यन्तै विचलित भएको अझै त्यो सम्झेर रुने गरेको बताएकी थिइन्।

राजेन्द्रका पक्षबाट मुद्दा लडेका वकिल निक म्याकघीले भने त्यो सामान्य दुर्व्यवहार मात्रै भएको तर्क गरेका थिए। यही दुर्व्यवहारको अभियोग लागेपछि राजेन्द्रको ९ वर्षे विवाह सम्बन्ध पनि टुटेको बताइएको छ।

युवतीका तर्फबाट मुद्दा लडेकी अमालिया बेकर स्मिथले भने राजेन्द्रलार्इ एक वर्ष जेल सजायको माग गरेकी थिइन्। अदालतले उनलार्इ १ वर्ष जेल सजाय समेत सुनाएको छ। तर राजेन्द्रलार्इ नेपाल डिपोर्ट गरिने हुँदा उनले जेलमा भने बस्न नपर्ने बताइएको छ।

स्मिथले उबर ट्याक्सी डाइभर प्रति महिलाहरू विश्वस्त हुनुपर्ने बताएकी थिइन्।

आफ्नो फैसला सुनाउँदै म्याजिस्ट्रेट जोन ह्वाइटले युवतीले राजेन्द्रमाथि विश्वास गरे पनि राजेन्द्रले गरेको दुर्व्यवहारले उनी प्रतिको विश्वास टुटेको बताउँदै उनलार्इ डिपोर्ट गर्ने निर्णय सुनाएका थिए।

पहिलो पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution