मैले भुल्न खोजेपनि गीतको भिडियोमा रीमा र बेनिशाको ‘लेजबियन’ जोडी
काठमाडौं : परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउँ भन्ने मुख्य उद्देश्यसहित ‘लेजबियन’को कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा नायिका रिमा विश्वकर्मा र बेनीशा हमाल लेजबियन बनेका छन्। भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिनसमेत समावेश गरिएको छ।
सार्वजनिक ‘मैले भुल्न सकिन’ बोलको गीतमा दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीत रहेको छ। गीतमा अन्जु पन्तको स्वर सुन्न सकिन्छ।
भिडियोमा उत्तम हुमागाईंको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ। भिडियो ‘मोक्क्ष प्रोडक्सन’को प्रस्तुतीमा ‘हेलो नेपाल इन्टरटेनमेन्ट’ले निर्माण गरेको हो।
हेर्नुहोस् भिडियो :
मंसिर २, २०७५