नेपाल तामाङ बिद्यार्थी घेदुङद्वारा एसईईमा उत्तिर्ण १५ बिद्यार्थी सम्मानित

सुशान्त गाहा मगर – नेपाल तामाङ बिद्यार्थी घेदुङ सिम्पानी कसेरी ईकाई समितिले आफ्नो चौथो बार्षिकोत्सब कार्यक्रमको अबसरमा १५ जना बिद्यार्थीलाई सम्मान गरेको छ ।
शैक्षिक शत्र २०७४ को एसईईमा उत्तिर्ण सिम्पानी तामाङ समाजमा आबद्ध रहेका १५ जना तामाङ बिद्यार्थीलाई शनिबार अायाेजित कार्यक्रममा सम्मान गरेको हो ।
बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कास्कीका सदस्य एबम् सिम्पानीका पूर्व अध्यक्ष राम बहादुर तामाङ र नेपाल तामाङ घेदुङ सिम्पानीका अध्यक्ष बिर बहादुर तामाङले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरे ।
सोही अबसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङ कास्कीका सदस्य राम बहादुर तामाङले सम्मानित बिद्यार्थीहरुलाई उज्ववल भबिष्यको शुभकामना ब्यक्त गरे ।
“युवा बिद्यार्थी भबिष्यका कर्णदार हुन अनि बर्तमानका साझेदार पनि, उनले भने– त्यसैले युवा बिद्यार्थी समाज रुपान्तरणको लागि अग्रसर हुन आवश्यक छ ।” उनले तामाङ समुदाय प्रशाशकिय पहुचँबाट टाढा रहेकोले लोक सेवा आयोगबाट सरकारी क्षेत्रमा प्रबेश गर्न पहल गुर्नपर्ने बताए ।
उनले तामाङ समुदाय बहुसांस्कृतिक जाति भएको उल्लेख गर्दै भेषभुषा, भाषा, धर्म, कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सम्बन्धित समुदायले नै ध्यान दिनुपर्नेमा जोड समेत दिएका थिए ।
उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ सिम्पानी ईकाई समितिका अध्यक्ष बिर बहादुर तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रेशम तामाङ तथा नेपाल तामाङ घेदुङ सिम्पानी ईकाई समितिका सचिब सुनु लामा, सोनम तामाङ, मनिसा तामाङ र लक्ष्मी तामाङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाल तामाङ बिद्यार्थी घेदुङ सिम्पानीका अध्यक्ष सुमन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष सोफिना तामाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने मनिस तितुङ तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । परिचय नेटवोर्कबाट |