हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी तिव्र ,१२ देशको प्रतिनिधि टुंगो

याम्बु -चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी तीव्रतापूर्वक भइरहेको छ । आगामी डिसेम्बर १४, १५ र १६ तारिख (मङ्सिर २८, २९ र पुस १ गते) मा भारतको दार्जीलिङ मिरिकमा हुने सम्मेलनका लागि काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय र मिरिकमा गठन गरिएको व्यवस्थापन समितिले सम्मेलन तयारीलाई तीव्र पारेका छन् ।


विभिन्न देशमा रहेका परिषद्का सदस्य संस्थाहरूले सम्मेलनका लागि आधिकारिक प्रतिनिधि तोकेर जानकारी गराउने क्रम जारी छ । परिषद् सचिवालयका अनुसार अहिलेसम्ममा नेपाल र भारतसमेत १२ देशका प्रतिनिधि टुंगो लागिसकेको छ । जसअनुसार तामाङ समाज उत्तर अमेरिकाको तर्फबाट लक्यान लामा, मोहन वाईबा, प्रेम स्याङदान, कुमार दोङ, प्रेम तामाङ र प्रकाश लामा गरी ६ जनाको सहभागिता रहने निश्चित भएको छ ।

यसैगरी नेपाल तामाङ घेदुङ इजरायलबाट बिबि लामा तामाङ , नेपाल तामाङ घेदुङ साइप्रसबाट नानु गोम्जा तामाङ, नेपाल तामाङ घेदुङ साउदी अरबबाट दिलबहादुर थिङको नाम प्रतिनिधिका लागि टुंगो लागिसकेको छ । कतारबाट प्रतिनिधिका रूपमा कमल योञ्जनको नाम पठाइसकिएको नेपाल प्रवासी तामाङ समाज कतारले जनाएको छ भने हङकङ तामाङ घेदुङको प्रतिनिधित्व रमेश मोक्तानले गर्न निश्चित भएको छ । बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ र नेपाल तामाङ समाज ओमानबाट दावा साङबु लामा सहभागी हुने आयोजकले जनाएको छ ।

यसैगरी बर्माको श्री सांघ छ्योईतिलिङ गुम्बाको तर्फबाट पृथीसिंह योन्जन र सुकबहादुर योन्जन सहभागी हुने भएका छन् । परिषद्को यसपटकको सम्मेलनमा पहिलोपटक थाइल्याण्डको पनि सहभागिता रहने भएको छ । ‘तामाङ समाज थाइल्याण्ड’ को तर्फबाट प्रतिनिधिका रूपमा गोपाल बमजन र अमर योञ्जनको नाम प्राप्त भएको परिषद सचिवालयले जानकारी दिएको छ । अन्य देशमा रहेका संस्थाहरूले पनि अब एक हप्ताभित्रमा प्रतिनिधिको नाम टुंगो लगाउने जनाएका छन् । यसपटक सम्मेलनमा २१ भन्दा बढी देशको सहभागिता रहने आयोजकको भनाइ छ ।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित मिरिकमा सम्पन्न हुने सम्मेलनले परिषद्को आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । सम्मेलनलाई तामाङ जातिको पहिचान, इतिहास, संस्कृति, सभ्यता झल्कने गरी ‘तामाङ महोत्सव’ कै रूपमा आयोजना गरिने अखिल भारतीय तामाङ बौद्ध संघका महासचिव एमके योन्जनले मिरिकबाट जानकारी दिएका छन् ।

तामाङ समुदायको समृद्धि, इतिहास, पहिचान, मौलिक सभ्यताको संरक्षण गर्ने, विश्वका विभिन्न देशमा क्रियाशील तामाङ सङ्घसंस्थाहरुलाई समन्वय गरी विश्वभरिका तामाङहरूलाई आफ्ना् हकहित र समुन्नतिका लागि सङ्गठित गर्ने, संस्थागत विकास एवम् सशक्तिकरणमा सहयोग पु¥याउने लक्ष्यसहित अन्तर्राष्ट्रिय तामाङ परिषद्को स्थापना सन् २००२ मा भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution