इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य सिफारिस, थापा फिर्ता बोलाइए

काठमाडौं-सरकारले इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्यलाई सिफारिस गरेको छ।
गत २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य सिफारिस गरेको बताएका हुन्।
साथै सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ।
उनलाई ३ साताभित्र फर्कन समय दिइएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
थापा पञ्चायतकालका गृहमन्त्रीसमेत हुन्।