हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

तेलअविव – नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभाग द्वारा आयोजित दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान ,चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना सम्पन्न गरेको छ |

इजरायलमा रहेका नेकपामा आस्था राख्ने तथा नेपालीहरुबीच भाइचारा, सहयोग र सामीप्यता वृद्धि गर्दै एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रवासी नेपाली एकता मंच महिला बिभागले शुभकामना आदानप्रदान कार्यक्रम’ आयोजना गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रम ९ नोभेम्बर २०१८ का साँझ तेलअभिव स्थित नेभेसान ४७ मा आयोजना गरिएको थियो । कार्यक्रममा इजरयालमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायत नेपाली र नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थित रहेको थियो |

कार्यक्रममा उपस्थितहरुलाई स्वगत मन्तब्य राख्दै मंच कि सदस्य ज्योति शर्माले स्वगत गर्दै सबैला कार्य ब्यस्थताको बाबजुत पनी उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो |

नेपालीहरुको पर्व तिहार तथा छठको अवसर पारेर सम्पूर्ण नेपालीलाई एकै थलोमा उपस्थित गराएर हामीले एकताको सन्देश प्रवाह गर्न सफल भयौं’ आयोजक महिला बिभाग उपप्रमुख तथा कार्यक्रमका सभापति गीता सुबेदीले बताईन |

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली एकता मंच इजरायल का अध्यक्ष तिर्थ गौतम ले कार्यक्रमलाई सम्बोधन गर्दै बिदेशमा रहेर पनि नेपालीहरुबीचको यसप्रकारको एकता अभुतपूर्व रहेको बताए । ‘हामी नेपाली विश्वकै जुनसुकै कुनामा बसेपनि मेलमिलाप र एकताको नमूनाको रुपमा चिनिनुपर्छ । कार्यक्रमले सबैलाई एकताको सन्देश दिएकोछ सम्पूर्ण लाई हार्दिक धन्यबाद व्यक्त गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुबीच विशेष रहेको बताए । ‘यो कार्यक्रम किन पनि विशेष रह्यो भने इजरायलमा कुनै राजनितिक संस्थाले कार्यक्रम गरी इजरायलमा रहेका सबै भिन्न बिचार राख्ने राजनितिक संस्थाहरु समेतको सहभागितामा सबै माँझ एकता र सामीप्यताको सन्देश दिन सफल भएको छ| गौतमले कार्यक्रमले नेपालका सबै राजनितिक दलहरुलाई पनि देशका साझा मुद्दाहरुमा एक भएर अघि बढ्न विशेष सन्देस दिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मञ्चको सम्पर्कमा आएर संगठित भई संगठन विस्तारमा सहयोग गर्न समेत अपिल गर्नु भयो ‘प्रवासमा बसेर आफ्नो राजनीतिक आस्था र विचारलाई निरन्तरता दिँदै नेपाली समाजको पहिचनमा सुख, दुःखका समस्या, श्रमिकहरुको हक अधिकारलाई आवाजमा बुलन्द गर्ने नेपाल कम्युनिष्ट पार्टीको आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुलाई एकताबद्ध संगठित हुन समेत हार्दिक अपिल गर्नु भयो |

इजरायलमा रहेका प्रवासी नेपालीलाई संगठित तथा प्रशिक्षीत गर्दै, संगठित तथा सचेत जनशक्ति परिचालन गरी नेपालीहरुको भलाईका लागी आवाज उठाउने, श्रमिकहरुको हकहितको रक्षागर्दै उनिहरुमाथि हुने अन्याय, अत्याचार तथा थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्ने र नेपालीहरुमाथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लिने, केही रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा क्रियाशिल हुने अठोट गरे |

कार्यक्रम का बिषेस अतिथी सङघिय समाज (नेफेसो) इजरायलका सल्लाहकार सुन्दर लामा तामाङ, अन्तराष्ट्रिय नेपाली समाज इजरायल अध्यक्ष तेज श्रेष्ठ ,एनआरएन इजरायल की वरिष्ठ उपाध्यक्ष शान्ता ज्ञवाली र नमस्ते नेपाल सामाजिक संस्थाका वरिष्ठ उपाध्यक्ष गणेश गिरीले कार्यक्रम शुभकामना मन्तब्य दिनु भएको थियो |

इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिव राज खड्काले जानकारी दिए |

एकदमै सौहर्द वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनकी सचिब लक्ष्मी अनुरागीले गरेकी थिइन् |

यसैगरी १० नोभेम्बरका दिन मंच द्वारा जेरुसलेम भ्रमण कार्यक्रमको आयोजन सफलतापुर्वक सम्पन्न गरेको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution