हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

फ्रान्समा प्रथम विश्वयुद्ध अन्त्यको सम्झना

मेलमिलापपूर्ण व्यवहार देखाउँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र जर्मन चान्सलर एंगेला मर्केलले प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झना गरेका छन्।

सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझैँ प्रतीकात्मक रूपमा ट्रेनमा बसी दुई नेताले स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।

प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहितका विश्व नेताहरू सहभागी हुँदैछन्।

तर ट्रम्पले फ्रान्सस्थित एउटा अमेरिकी चिहानस्थलको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि विवाद निम्तियो।

प्रतिरक्षा

खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसक्ने भएर एवम् सुरक्षाका कारण राष्ट्रपतिले आफ्नो भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।

त्यसअघि युरोपेली मुलुकहरूको प्रतिरक्षासम्बन्धी विषयलाई लिएर ट्रम्प र माक्रोँबीच विवाद भएको थियो।

माक्रोँले रुससँगको एउटा निरस्त्रीकरण सन्धिबाट अमेरिका अलग्गिन लागेकोले युरोपेली सङ्घलाई अब संयुक्त सेनाको आवश्यकता पर्ने बताएका थिए।

ट्रम्पले माक्रोँको भनाइ अपमानजनक भएको भन्दै युरोपले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) लाई आफ्नो आर्थिक हिस्सा चुकाउनुपर्ने टिप्पणी गरे।

फ्रान्सेली राष्ट्रपतिको निवास एलिसी प्यालेसमा ट्रम्पसँगको एउटा बैठकपछि बोल्दै माक्रोँले नेटोलाई युरोपले थप रकम तिर्नुपर्नेमा सहमति भएको बताए।

मेलमिलाप

प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया शहरदेखि नजिकै पर्ने एउटा जङ्गल पुग्ने मर्केल द्वितीय विश्वयुद्धपछिको पहिलो जर्मन नेता हुन्।

मर्केल र माक्रोँले फ्रान्स-जर्मनीबीच मेलमिलाप दर्शाउने एउटा शिलालेखको अनावरण गरे।

र, एक सय वर्षअघि एउटा ट्रेनमा युद्धविराम सम्झौता गरिएझैँ दुई नेताले प्रतीकात्मक रूपमा ट्रेनमै स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।
फ्रान्समा भइरहेका कार्यक्रममा करिब ७० जना विश्व नेताहरू सहभागी हुँदैछन्।

अज्ञात सैनिकहरूको चिहान रहेको ठाउँमा आइतवार गरिने प्रमुख कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति माक्रोँले गर्नेछन्। बिबिसी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution