हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

पहिलो विश्वयुद्धको १०० वर्षे सम्झना

‘यो युद्ध अन्त्य भयो।’

यो तत्कालिन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको पहिलो विश्वयुद्ध अन्त्यपछिको अमेरिकी कंग्रेसमा दिएको अभिव्यक्ति थियो।

पहिलो विश्वयुद्धको अन्त्य भए पनि युद्धमा परी ८.५ मिलियन मानिसले ज्यान गुमाएका थिए भने २१ मिलियन मानिस घाइते भएका थिए। भर्साली शान्ति सन्धिपछि अन्त्य भएको पहिलो विश्वयुद्धको शान्ति सन्धि भएको आज ( ११ नोबेम्बर २०१८) ठीक सय वर्ष पुग्छ।

शत वार्षिकीको अवसरमा हामीले हाम्रा पाठकहरुलाई त्यो युद्धमा सहभागी भएका आफ्ना आफन्तहरुको अनुभूतिहरु साट्न आग्रह गरेका थियौँ। जसमा हामीले सयौँ अनुभूतिहरु प्राप्त गरेका थियौँ। प्राप्त भएका अनुभूतिमध्ये कयौँ पारम्पारिक युद्ध सम्बन्धी कथाको दायराभन्दा बाहिरका पनि थिए भने युद्धमा आफन्त गुमाउनुको पीडा मिसिएका कथा, आफन्तको मृत्यु भएको कथा र विक्षिप्दता सम्बन्धका कथा पनि थिए।

युद्ध नभएको अवस्थामा कुनै पनि हालतमा भेट नहुँने युवा–युवती एक ठाउँमा रही सेवा दिने वातावरणको निर्माण भएको थियो। अमेरिकाको नागरिकता प्राप्त गर्न अमेरिकाको सैनिकमा सामिल भएका आफन्तको कथा पनि हामीले प्राप्त गरेका कथामा समावेश थिए। आप्रवासीको रुपमा अमेरिका बसाइँसराइ गरेर आएका यी मानिसहरु अङ्ग्रेजीको एक शब्द पनि नबुझी अमेरिकालाई आफ्नो मातृभूमि बनाउने अभिलाषा सहित अमेरिकी सैन्यमा सामेल हुँदै युद्धमा समावेश भएका थिए।

अंकल फिल

स्वयं मेरा बुबा जर्ज हिविट र उनका भाई फिल युद्धका क्रममा अमेरिकी नौसेनामा निशुल्क सेवा गरेपछि न्यूर्योक कहिल्यै छोड्नन्। उनीहरुले सामान्य हिसाबमा अमेरिकाको बु्रकलिनको बुट सिबिरमा समय विताए। जब त्यस समयको फ्लूका कारण सिबिरको सयौँ मानिसको निधन भयो, त्यही फ्लूमा परी मेरा काका फिलको पनि निधन भयो। फ्लूपछि मेरा काका फिल हिविट जम्मा साँढे दुई दिन मात्रै बाँचेका थिए।

नर्सहरु खुसी भएको दिन

 

मेरी ठूली काकी, मिनी स्ट्रोबेलले सेनाका नर्सका रुपमा सेवा प्रदान गरेकी थिइन्। उनी एक गाँउबाट ३४ वर्षको उमेरमा नर्स बन्न सहर छिरेकी थिइन्। फ्रान्सको ओलियनले जहाँ उनी सेवारत रहेकी थिइन्, जहाँ युद्धको अग्रभागबाट सेना जाने गर्थे। ११ नोभेम्बरको युद्ध विरामको घोषणाले यद्धमा खटिएका सेना र नर्सहरुलाई कति खुसी दियो होला, त्यो अहिले हामी अनुमान मात्र गर्न सक्छौँ। यहाँ कार्यरत एक नर्स होली बुकाननले त्यो दिन उनीहरुका लागि सबैभन्दा खुसीको दिन भएको बताएकी थिइन्।

उनले सेनामा भर्ती हुने योग्यता अलिकतिले मात्रै भेटाए

मेरो ठूलो काकीको भदा, जो माउन्ट एरीमा बस्थे, जेसी होलिंग्सवर्थको पनि अमेरिकी नौसेनामा जागिरे थियो। जर्मनले अमेरिकी नौसेना सवार जहाज आर.एम.एस. लुसिथानियामाथि मे ७, १९१५ मा आक्रमण गरी डुवाइ दिएपछि होलिंग्वर्थेले नौसेनामा जागिर पाएको थियो। ऊ २२ वर्षको भए पनि उसको नौसेनाका लागि आवश्यक पर्ने शारीरिक उचाई पर्याप्त थिएन। उसको खुट्टा यति सानो थियो कि नौसेनाका लागि यति सानो जुत्ता बनाउन मुश्किल थियो। उसलाई अमेरिकी ५ डलर दिएर जुत्ता आफैं किन्न भनिएको थियो।

विश्वयुद्धका कारण हजुरबुबा र हजुरआमाको भेट

पहिलो विश्वयुद्धले मेरो हजुरबुबा हजुरआमा जोसेफ एल डेली र एलिजाबेथ वोगलाई एक साथ ल्याइदियो। मेरो हजुरबुबा जोसेफले इण्डियन विश्वविद्यालयबाट सन् १९१८मा स्नातक गरेका हुन् भने स्नातकपछि उनी सैनिक सेवामा प्रवेश गर्ने विषयमा दृढ थिए। उनी सैनिक सेवामा प्रवेश गर्ने विषयमा दृढ भए पनि उनको शारीरिक उचाईका कारण सेवा प्रवेश गर्न सात पटक निरन्तर प्रयत्न गर्नु परेको थियो।

यस्तै १८ वर्षको उमेरमा एलिजाबेथले थोमस फोटमा रहेका सैनिकलाई मनोरञ्जन प्रदान गरेर युद्धमा सामेल भएकी थिइन्। युद्धपछि मेरो हजुरबुबाले सोचेका थिए कि हजुरआमाको कम्पनी उनले काम गर्ने ठाउँ नजिकतिर सर्छ। तर, त्यसो भएन।

मेरो काकाले भने अनुसार मेरो हजुरबुबा चढेको रेलमा हजुरआमा पनि सवार थिइन्। यहाँ नै हजुरबुबाले ‘हामी अब विवाह गर्दै छौँ’ भने। उनीहरुको अगष्ट २८, १९२० को दिन विवाह भयो। विवाहको रातभर हजुरआमा रोएकी थिइन। त्यसपछि उनीहरु दुवै न्यू मेक्सिकोमा स्थानान्तरण भए र चार सन्तान उतै हुर्किए।

अंग्रेजी बोल्न नजाने पनि सेनामा भर्ती

मेरो हजुरबुबाले इटालीबाट अमेरिका बसाइँसराइ गरेका हुन्। युद्धमा सैनिकको रुपमा १९१८ मा भर्ती हुँदा हजुरबुबालाई अंग्रेजीको एक शब्द पनि बोल्न आउँदैन थियो। जब युद्धका बेला जनरल जोन पर्सिनले फ्रान्समा रहेका आफनो सैनिक दस्ताको अवलोकन गरे, उनी मेरो हजुरबुबाको काधमा हात राख्दै टक्क अडिए र केही भने। मेरो ५ फुट ३ इन्चका हजुरबुबा गर्विलो हुँदै सतर्क हिसाबमा जनरल सामु उभिए। यस्तो सैनिकको भिडमा आफूलाई विशेष रुपमा पहिचान गरिएकाले उनी गर्वित थिए।

जनरलले भने, ‘कोही गएर यो सैनिकलाई फिट हुने सैनिक पोशाक ल्याऊ।’ हजुरबुबाले पछि एक पर्पल रङको टोपी पाउनु भयो। जर्मनसँगको युद्धका क्रममा उनले देखाएको बहादुरीका कारण उनले पछि सम्मान पनि प्राप्त गरेका थिए।

मेरो हजुरबुबा अफ्रो–अमेरिकामा तैनाथ हुने पहिलो ब्याचका थिए

मेरो हजुरबुबा, जोसेफ एन्डु पिटर अफ्रो–अमेरिकामा तैनाथ हुने पहिलो राष्ट्रिय सैनिकका ब्याच थिए। मे १९१७ मा उनले अमेरिकाको पश्चिम भर्जिनियाँस्थित कलिगेट इन्टुच्यूटमा भाषण गरेका थिए जहाँ उनी एक विद्यार्थी थिए। भाषणका क्रममा उनले काला मानिसहरुले युद्धका क्रममा देखाएको बहादुरीको प्रशंसा गरेका थिए।

राष्ट्र अत्यत संकटमा परेको अवस्थामा आफनो ज्यानको समेत प्रवाह नगरी राष्ट्रसेवामा अहोरात्र खटिने मानिसका लागि राष्ट्रका सबै मानिसहरुको समर्थन आवश्यक हुन्छ। राष्ट्र संकटमा परेको बेलामा काला जातिका मानिसहरुलाई कुनै जिम्मेवारी सहित कतै खटाइएको छैन। त्यसैले यो बेला भनेको उनीहरुका लागि हामी राष्ट्र सेवाका लागि अयोग्य छैनौँ भनेर पुष्टि गर्ने अवसर हो। भविष्यका लागि काला जातिको भविष्य कस्तो हुने भन्ने विषय अहिलेका काला जातिले कस्तो कदम चाल्छन् भन्ने कुरामा भर पर्छ।

हजुरबुबा र आमाको प्रेम प्रसंग

मेरो हजुरआमा, मेरी गिल्रोय बेकर एक आरिस–अमेरिकन नर्स थिइन्, जो न्यूर्योकमा युरोपबाट फर्किएका पुरुषहरुको सेवामा तल्लिन रहन्थिन्। उनको एक बिरामी इटालियन अमेरिकी थिए, जसलाई ग्यासको माध्यमबाट विष सेवन गराइएको थियो। हजुरआमाको सेवाभावले गर्दा उनी हजुरआमासँग विस्तारै माया गर्न थाले। उनले हजुरआमासँग विवाहको प्रस्ताव पनि राखेका थिए, जसलाई हजुरआमाले अस्वीकार गरिन् र उनको परिवारको साथमा उनलाई घर पठाइदिइन्।

त्यसको एक वर्ष पछि यी व्यक्तिको आफन्तले हजुरआमालाई चिठी लेख्दै उनको मृत्यु भएको समाचार पठाए। उनको मृत्यु ग्यासबाट उत्सर्जन भएको विषबाट नै भएको थियो। मेरो हजुर आमाले यो प्रसंग मलाई मेरो किशोरवस्थामा बताउनुभएको थियो।

मेरो हजुरआमा, एना फिसर म्याकअर्थर अमेरिकाको एक अभियानको नर्सका रुपमा कार्यरत हुनुहुन्थ्यो। उनको एक मिल्ने साथी र अर्को नर्सले म्यागरेट म्याकअर्थरले उनी फ्रान्समा नर्सको रुपमा कार्यरत रहँदा नै श्रीमान खोजिदिएकी थिइन। म्याकअर्थरले उनका लागि आफनो भाई नै मिलाएकी थिइन्। उनले आफनो भाई डोनाल्ड म्याकअर्थरलाई मेरा हजुरआमा लिन दुई दिनको यात्रा गराएकी थिइन्।

उनी मेरो हजुरआमा युद्धबाट घर फर्किने उत्रिने रेल स्टेशनमा पर्खिरहेका हुन्थे। म्याकअर्थरलाई रेलको झ्यालबाट देखेर नै हजुरआमाले चिन्थिन्। उनीहरु दुवै विनोदी र हाँसोमजाक गर्न रुचि राख्थे। त्यही वर्षको अन्त्यतिर उनीहरुले विवाह गरे।

२०१५ मा मैले एउटा कुरा पत्ता लगाए। मेरो हजुरआमाको भाई पहिलो विश्वयुद्धमा मारिने केही चाइनिज अमेरिकीमध्ये एक थिए। एलेक्जेण्डर इका द सिल्भा किन मेरो ठूलो हजुरबुबा हिप्पोलिउटुस किन द सिल्भा र उनको पहिली श्रीमती डा. यमी किनका छोरा थिए। उनीहरु दुवै चीनबाट बसाइँसराइ गरेर अमेरिका आएका थिए। ठूलो हजुरबुबा र हजुरआमाले १९०४ मा सम्बन्ध विच्छेद गरेका थिए। मेरो परिवारको विश्वास के छ भने सम्बन्ध विच्छेदपछि हजुरआमाले एलेक्जेण्डरलाई चीन फिर्ता लगेका थिए। १९७० मा मेरो हजुरआमाले एलेक्जेण्डरलाई खोज्न चीन भ्रमण गरेकी थिइन तर उनको बारेमा केही पनि पत्ता लागेन। एलेक्जेण्डर युद्धका क्रममा १९१८ मा २२ वर्षको उमेरमा निधन भएको थियो। मेरो हजुरआमाको ८१ वर्षको उमेरमा निधन भयो तर उनले आफनो भाई युद्धका क्रममा उनी १२ वर्षको हुँदा नै शाहदत प्राप्त गरेको कुरा थाहा पाइनन्।

पहिलो विश्वयुद्ध दलदलमा

मेरो हजुरबुबाले आठ कक्षामा पढ्दापढ्दै स्कुल छोडेर पहिलो विश्वयुद्धका क्रममा अधिकांश समय युद्धका लागि खनिएको खाल्डोमा बिताएका थिए। एक रात हजुरबुबाले आफू नजिकको आफ्नो मिल्ने साथीसँग रातिको अँध्यारोमा कुरा गरे। साथीबाट कुनै जवाफ नआए पनि हजुरबुबा साथी सुते नसुतेको हेर्न नजिक जाँदा उनलाई पहिला नै गोली लागेर मृत्यु भएको रै’छ।

मेरो हजुरबुबालाई ग्यासबाट विष उत्सर्जन गरी हत्या गरिएको थियो। मेरो परिवारलाई दिइएको जानकारी अनुसार हजुरबुबा अस्पताल बाहिर टहलिँदै गर्दा उनको निधन भएको थियो। उनले लगाएको सबै सामाग्री आफन्तलाई दिइयो। तर उनी जिउँदै फर्की मेरो हजुरआमासँग विवाह गरे। मैले यो चिठी मेरो हजुर आमाको निधन भएपछि फेला पारेको हो। यो चिठीसँगै गुलाबी रङको रिबनले अरु चिठी पनि बाधिएको अवस्थामा थियो।

बम मेरो टाउको नजिकबाट मेरो सबै कपाल लगेर गयो

मेरो मामाघरको हजुरबुबा, ज्याकोब ग्लास पहिलो विश्वयुद्धमा पैदल सेनामा थिए। मैले उनलाई चिन्दासम्म उनको टाउको कपाल थिएन। मैले एक दिन सोधें, ‘हजुरबुबा तपाईको कपाल खोई?’ उनले आफ्नो हात टाउकोमा मुर्सादै भने, ‘पहिलो विश्वयुद्धमा मेरो टाउको नजिकबाट एउटा बम मेरो सबै कपाल लिएर गएको थियो। त्यसपछि मेरो टाउकोमा कहिल्यै कपाल उम्रिएन। म सानै थिए उनको कुरा पत्याएँ।

द न्यूयोर्क टाइम्सबाट भावानुवाद /नेपाल लाइभ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution