हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

फाल्गुनन्द जयन्तीमा स्थानीय तहले दियो सार्वजनिक बिदा

इलाम-एक नगरपालिका र दुई गाउँपालिकाले फाल्गुनन्द जयन्तीको सार्वजनिक विदा दिने निर्णय गरेको हो । महागुरु लिङ्गदेनको १ सय ३४ औं जन्मजयन्तीको अवसरमा माङसेवुङ र फाकफोकथुम गाउँपालिका तथा माइ नगरपालिकाले विदा दिएका हुन् ।उक्त दिन गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरुमा विदा दिइने भएको छ । यी क्षेत्रमा विभिन्न कार्यक्रम गरी जन्म जयन्ती मनाउने तयारी छ ।

माइ नगरपालिकाले नगरका विभिन्न पाँच स्थानमा किराँत धर्मावलम्बीहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने भएको छ । यस्तै माङसेवुङ गाउँपालिकामा गुरुनीजि आश्रम कृषि उपसमितिको आयोजनामा गजुरमुखीमा कार्यक्रम गर्नेछ ।

फाकफोकथुम गाउापालिकाले किराँत माङ्गहिम संरक्षण समितिको आयोजनामा एकतप्पाको रुपाटारस्थित  किराँत माङ्गहिममा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने तयारीमा जुटेको समितिका सदस्य पञ्च योङहाङले बताए ।

इलामको माङसेवुङ गाउँपालिका धर्मगुरु लिङदेनकाे जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देउमाई नगरपालिका–२ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिकाको नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको माइ नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए ।

गुरुको जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिइनु पर्ने माग सम्वन्धित धर्मालम्बीले गर्दै आएका थिए ।

विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो । 

किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution