कतारमा चर्चित तीन जना कलाकारले सोनाम ल्होछार २८५५ कार्यक्रम तताउने
नेपाल प्रवासी तामाङ समाज कतारले बिगतको बर्षहरु झैं यसपटक पनि तामाङ जातिको महान चाड मन्जुश्री सम्वत २८५५ (फाग सोनाम ल्होछार) आउदो ०८ फेब्रुअरी २०१९ (शुक्रबार) बृहत् सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट ख्यातिप्राप्त सेलो तथा म्हेन्दोमाया कलाकारहरु निमन्त्रणा गरि मनाउने भएको छ |
कतारको सुन्दर शहर दोहाको आसपासमा आयोजना हुन गइरहेको ल्होछार कार्यक्रममा नेपालबाट चर्चित सेलो गायिका जितु लोप्चन,ल्हाई ब्योनको नामले चर्चित म्हेन्दोमाया गायक चिजा लामा तामाङ र चर्चित सेलो तथा आधुनिक गायक आर.बि.लामा सिङ्दनलाई निमन्त्रणा गरिएको तामाङ समाज कतारले जानकारी दिएको छ |
कार्यक्रममा कतारलाई कर्मभुमि बनाई बस्नु भएका तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि आयोजक द्वारा हार्दिक अनुरोध गरेको छ |
२४ कार्तिक २०७५