हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

श्रीलंका संकट : राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, चुनावको घोषणा

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् । साथै उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन् ।

यसको अर्थ स्पष्ट छ, प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन ।

२६ अक्टोबरको नाटकीय घटनाक्रममा सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीको रुपमा शपथ दिलाएका थिए ।यसपछि श्रीलंकामा राजनीतिक संकट गहिरिएको छ ।

सिरिसेनाले संसद भंग गर्नका लागि जारी गजट नोटिफिकेशनमा शुक्रबार मध्यराती दस्तखत गरेका थिए ।

यसका अनुसार १९ देखि २६ नोभेम्बरमा उम्मेदवारी दिन सकिनेछ । ५ जनवरीमा चुनाव भएर १७ जनवरीसम्म नयाँ संसद गठन हुनेछ ।

राजपाक्षेले बहुमत जुटाउने सम्भावना कमजोर देखेपछि संसदको कार्यकाल सकिन २१ महिनाअघि नै राष्ट्रपतिले आम चुनावको स्थिति बनाएको बताइँदैछ । संसदको कार्यकाल अगस्त सन् २०२० सम्म रहेको थियो ।

१४ नोभेम्बरसम्ममा राजपाक्षेले बहुमत जुटाउनु पर्ने थियो ।

उता, विज्ञहरुले राष्ट्रपतिको संसद भंग गर्ने फैसला असंवैधानिक रहेको बताइरहेका छन् ।

संविधान संशोधनमा सरकारको कार्यकाल साढे चार साल रहने बताइएको छ ।

विक्रमसिंघेको पार्टी यूनाइटेड नेशनल पार्टी (यूएनपी) ले आफूहरुलाई संसद भंगको फैसला स्वीकार्य नभएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री पदबाट हटाइएपछि विक्रमसिंघले यसलाई संवैधानिक कू भएको बताएका थिए । उनले सरकारी निवास पनि खाली नगर्ने बताएका थिए ।

उनले कानूनीरुपमा आफू अझै देशको प्रधानमन्त्री रहेको र राष्ट्रपतिसँग उनलाई पदबाट हटाउने संवैधानिक अधिकार नभएको बताएका थिए ।

विक्रमसिंघले फ्लोर टेस्ट गर्ने अपिल पनि खारेज गरेका थिए ।

विक्रमसिंघेको भनाई छ, ‘१९ औँ संशोधनका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्न सक्दैनन् । साथै उनसँग साढे चार वर्षको कार्यकाल अघि उनीसँग संसद भंग गर्ने अधिकार पनि छैन ।’

विक्रमसिंघेलाई बर्खास्त गरेपछि सिरिसेनाले १६ नोभेम्बरसम्म संसद निलम्बित गरेका थिए । यसपछि उनले राजपाक्षेलाई संसदको ११३ संसदको बहुमत देखाउन भनेका थिए ।

सिरिसेनाले एक र्यालीमा आफूहरुसँग ११३ सांसदको समर्थन रहेको र राजपाक्षेले सजिलै बहुमत पुष्टि गर्ने दाबी गरेका थिए ।

शुक्रबार भने राजपक्षेका प्रवक्ताले आफूहरु ११३ को आँकडाभन्दा केही कम रहेको बताएका थिए ।

गत सोमबार सभामुख कारु जयसूर्याले पनि सिरिसेनाको फैसलालाई असंवैधानिक र गैरलोकतान्त्रिक भएको संज्ञा दिएका थिए ।उनले बहुमत सिद्ध नगरेसम्म राजपाक्षेलाई प्रधानमन्त्री मान्न नसक्ने जिकिर गरेका थिए ।

२४ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution