कुखुराको खोरबाट १९ जुवाडे पक्राउ

चितवन– चितवनको खैरहनी नगरपालिकाबाट १९ जना जुवाडे शुक्रवारराती पक्राउ परेका छन् ।
साथै जुवाखालबाट नगद २ लाख ४१ हजार ५ सय रुपैया समेत बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा गएको प्रहरी टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थााम पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।