हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तर्राष्ट्रिय तामाङ परिषद् – मिरिक सम्मेलनको कार्यभार

-प्रतीक ङेसुर तामाङ

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो सम्मेलनको संघारमा उभिएको छ । परिषद्को सम्मेलन आगामी डिसेम्बर १४, १५ र १६ मा भारतको दार्जीलिङ मिरिकमा सम्पन्न हुँदैछ । सम्मेलनको तयारी चल्दै गर्दा यतिखेर संसारभरका तामाङ सङ्घ संस्था, यसका नेतृत्व तथा अग्रजहरूको ध्यान फेरि एकपटक परिषद्को सम्मेलनमा केन्द्रीत भएको छ । परिषद्को सम्मेलनमा छलफल हुने एजेन्डाहरूका बारेमा विश्वभरिका तामाङ समुदायमा चासो बढेको छ ।

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

विश्वका तामाङ समुदायको सम्पूर्ण गतिविधिलाई समन्वय गर्ने नेतृत्वदायी साझा संस्थाको भूमिका र महŒवका विषयमा छलफल र बहस आरम्भ भएको छ ।

कुनै पनि संस्थाको जीवनमा यस्ता अधिवेशन तथा सम्मेलनको महŒव उच्च हुन्छ । यसर्थ अधिवेशन÷सम्मेलनलाई संस्थाको सर्वोच्च अंग मानिन्छ । विगतमा भए गरेका कामकारवाहीको समीक्षा गर्ने तथा नयाँ कार्यकालका लागि योजना, नीति तथा कार्यक्रम तय गर्ने यस्ता सम्मेलनको मुख्य उद्देश्य हुन्छ । साथै संस्थाको प्रकृतिअनुसारको नयाँ नेतृत्व चयन गर्ने मुख्य कार्यभार पनि सम्मेलनकै हुन्छ । यस अर्थमा मिरिक सम्मेलन अन्तर्राष्ट्रिय तामाङ परिषद्का लागि आफ्नो भूमिका र कार्यभारबारे गहन छलफल गर्ने अर्को अवसरका रूपमा नजिकिरहेको छ ।

परिषद्को यो सम्मेलन संसारका विभिन्न मुलुकमा छरिएर रहेका तामाङ समुदायका लागि यसको आवश्यकता र औचित्य थप सिद्ध गर्ने अवसर पनि हो ।

सन् २००२ मा स्थापना भएको संस्था हो, अन्तर्राष्ट्रिय तामाङ परिषद् । विश्वभरि छरिएका तामाङ समुदायलाई एकसूत्रमा बाँध्ने, उनीहरूको हित र अधिकारको संरक्षण गर्ने, तामाङ समुदायको राजनीतिक, सांस्कृतिक, भाषिक, सामाजिक तथा शैक्षिक सशक्तिकरणका लागि साझा अन्तर्राष्ट्रिय सन्जालको निर्माण गर्ने परिकल्पनाको परिणामस्वरूप यो संस्थाको जन्म भएको हो ।

बितेको १६ वर्षमा परिषद्को ३ वटा सम्मेलनहरू सम्पन्न भएका छन् । प्रथम सम्मेलन २०५९ पुस ५ देखि ७ गते (२००२ डिसेम्बर १९–२२) सम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

‘विश्वका तामाङहरू एकजुट हौं, अन्तर्राष्ट्रिय साझा मन्चको निर्माण गरौं’ भन्ने नारासहित सम्पन्न यो सम्मेलनले नेपाल तामाङ घेदुङका तत्कालिन अध्यक्ष परशुराम तामाङलाई अध्यक्षमा चयन गरेको थियो ।

यसैगरी २०६२ मङ्सिर ३० देखि पुस ३ (सन् २००५ डिसेम्बर १५–१८) मा भारतको दार्जीलिङमा परिषद्को दोस्रो सम्मेलन भएको थियो । निकै भव्यतापूर्वक सम्पन्न भएको यस सम्मेलनले भारतका एमएस बमजनलाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । त्यसपछि २०६९ चैत ३ देखि ५ (सन् २०१३ अप्रिल १६–१८) गतेसम्म परिषद्को तेस्रो सम्मेलन पुनः काठमाडौंमा भएको थियो । तेस्रो सम्मेलनले घेदुङका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङलाई अध्यक्षमा छानेको थियो ।

पहिलो सम्मेलनमा जम्मा ८ देशको सहभागिता रहेको थियो भने दोस्रोमा १० र तेस्रोमा १३ देशका प्रतिनिधि सम्मेलनमा सहभागी थिए । यसरी परिषद्को हरेक पटकको सम्मेलनमा सहभागी देश र प्रतिनिधिको सङ्ख्या बढ्दै गएको देखिन्छ ।

अहिले विश्वका २० भन्दा बढी देशमा तामाङ संस्था स्थापित भइसकेका छन् । विभिन्न देशमा तामाङ संस्थाहरूको गतिविधि बढ्दो छ । यसबाट यसपटकको परिषद्को चौथो सम्मेलनमा स्वाभाविक रूपमा प्रतिनिधिको सङ्ख्या पनि स्वतः बढ्ने अनुमान लगाउन सकिन्छ ।

तामाङ समुदायको समृद्धि, इतिहास, पहिचानको खोजी र संरक्षण प्रवद्र्धनमा लागिपर्ने, मौलिक सभ्यता र संस्कृतिको सम्मान र स्थापित गर्ने, विभिन्न देशमा निर्माण भएका तामाङ सङ्घसंस्थाहरूलाई समन्वय गरी विश्वभरिका तामाङ समाजको हक हित र समुन्नतिका लागि सङ्गठित गर्ने, तामाङ सङ्घसंस्थाहरुको संस्थागत विकास एवम् सशक्तिकरणमा सहयोग पु¥याउने, तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, मूल्य मान्यताको विकासमा टेवा पु¥याउने यस परिषदको मूल लक्ष्य हो ।

यसैगरी तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक सामाजिक, धार्मिक एवम् राजनीतिक अभिवृद्धि तथा सर्वाङ्गीण हितका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयन गर्ने यो संस्थाको उद्देश्य हो ।

बितेको १६ वर्षमा परिषद्ले संसारभरका तामाङ समुदायका लागि के ग¥यो ? यसको उपस्थितिले के कस्ता उपलब्धि प्राप्त भए ? तामाङ समुदायको पहिचान, सभ्यता र समृद्धिका लागि यसले कति भूमिका निर्वाह गर्न सक्यो ? चौथो सम्मेलनको संघारमा अहिले चौतर्फी उठिरहेको सवाल हो यो । यसले आफ्नो घोषित नीति र कार्यक्रमअनुसार भूमिका देखाउन के कति इमानदार प्रयास ग¥यो ? यसबारे पनि अहिले खोजीनीति भइरहेको छ ।

अलग अलग देशमा अलग अलग संस्था स्थापना हुनु, विभिन्न खालका गतिविधिहरू सन्चालन भइरहनु अत्यन्त राम्रो विषय हो । यस्तो अवस्थामा विश्वभरका तामाङहरूलाई एकसूत्रमा बाँध्ने परिकल्पनासहित परिषद् जस्तो संस्था अस्तित्वमा आउनुले धेरैलाई उत्साहित तुल्याएको पनि हो ।

तर यो संस्थाले अपेक्षाअनुसार आफ्नो भूमिकामा खरो उत्रन कता कता अल्मलिरहेको धेरैको बुझाइ छ ।

साझा तामाङ शब्दकोश प्रकाशित गर्ने, तामाङ विकास कोष गठन गर्ने, तामाङ संस्कार संस्कृति निर्देशिकाको कार्यान्वयन गर्ने र तामाङ विकासको २० वर्षे अवधारणापत्र तयार गर्नेजस्ता लक्ष्यहरू यसअघिका सम्मेलनहरूले तय गरेको थियो । यसैगरी तामाङ संस्कृति संस्कार दशक अभियान पनि पारित भएको थियो । यसरी अति महŒवपूर्ण कार्यक्रमहरू तय गरिएपनि त्यसलाई परिषद्ले प्रभावकारी ढंगले कार्यान्वयनमा लग्न सकेको छैन । अपेक्षाअनुसार यसले गति समात्न नसक्दा यो संस्था औपचारिक संस्थाकै घेरामा सीमित हुन पुगेको बुझाईलाई अन्यथा लिन मिल्दैन । यसबाट नेपाल र भारतका तामाङबीच औपचारिक सम्बन्ध कायम राख्ने संस्थाका रूपमा मात्रै रुपान्तरण भइरहेको मनोविज्ञानलाई बल पुगेको छ । यसर्थ भोलिका दिनहरूमा यो संस्थालाई यसको परिकल्पनाअनुसार फराकिलो सन्जालका रूपमा स्थापित गरिनुपर्छ ।

यिनै लक्ष्यहरूलाई ठोस रूपमा व्यवहारमा उतार्न थप कार्ययोजना निर्माणको दिशामा चौथो सम्मेलन केन्द्रीत हुनुपर्छ । मिरिक सम्मेलन विश्वभरिका तामाङ बुद्धिजीवी एवम् अग्रजहरूको ऐतिहासिक भेला पनि हो । यस सम्मेलनमा हुने बौद्धिक बहसले विश्वभरि अलग–अलग चलिरहेको अभियानलाई साझा र एकीकृत बनाउँदै परिणाममुखी बनाउन साझा ऐक्यवद्धता जाहेर गर्नुपर्छ । तामाङ समाजलाई समृद्ध बनाउने हरेक कार्ययोजना कार्यान्वयनका लागि प्रस्ट मार्गचित्र कोर्नुपर्छ ।

संस्थाको नियमितरूपमा सम्पन्न हुने प्रक्रियाको परिधिमा मात्रै खुम्चिनु हुन्न अन्तर्राष्ट्रिय तामाङ परिषदको यो चौथो सम्मेलन । तामाङ जातिको सभ्यता, गौरव, संस्कृतिलाई अझ समृद्ध बनाउन एउटा ऐतिहासिक परिघटनाका रूपमा सावित हुनुपर्छ । हाम्रा पूर्खाले आर्जेको ज्ञान र सीपका साथै वर्तमान भौतिक विज्ञान र प्रविधिले सिर्जना गरेका चेतनाका आधारमा नयाँ पुस्ताको सुन्दर भविष्य निर्माणका खातिर सम्मेलनमा गहन छलफल हुनैपर्छ ।

हामीलाई यतिखेर विश्वभरि छरिरहेको तामाङ ज्ञान, सीप र अनुभवलाई एकत्रित गरी समाजको सकारात्मक रूपान्तरणका लागि उपयोग गर्ने खालको रणनीतिको आवश्यकता छ ।

तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक हरेक क्षेत्रको सबल पक्षको पहिचान हुनु आवश्यक छ । इतिहासमा भएको उत्पीडनको घाउ कोट्याएर मात्र तामाङ समुदायको समृद्धि सम्भव छैन । आजको पुस्ताको चिन्तनमा व्यापक अन्तर आइसकेको हुँदा पुरानो चिन्तनले वस्तुस्थितिको सही मूल्यांकन हुन सक्दैन ।

वर्तमानमा हामीले हासिल गरेको ऊर्जालाई मापन गर्न सक्नुपर्छ । हामीभित्रैको ऊर्जाको आधारमा भोलिका योजनाहरू कोरिनुपर्छ । ज्ञान विज्ञानको दुनियाँमा हाम्रै समुदायमा पनि क्षमतावान प्रतिभाहरूको जन्म भइसकेको छ । जसले समग्र मानवजातिलाई नयाँ दिशा दिन सक्छन् । यस्ता प्रतिभाहरूको खोजी हुनु आवश्यक छ । उनीहरूका लागि आफ्नो ज्ञान, सीप, क्षमता र योग्यता प्रदर्शनको आवश्यक वातावरण निर्माण गरिनुपर्छ ।

तामाङ सभ्यतालाई जीवन्त राख्ने हाम्रा काअीरन र पुख्र्यौली गाथाको संरक्षण संवद्र्धन गर्ने वर्तमान पुस्ताको दायित्व हो । सँगसँगै आधुनिक विज्ञानले पलपल गरिरहेको विकास र त्यसले सिर्जना गरेको अवसरबाट लाभ लिन सक्ने क्षमताको विकास गराउनुपर्ने चुनौती पनि हाम्रो सामु विद्यमान छ ।

विश्वभर छरिएको हाम्रो क्षमता, योग्यता र पूँजीलाई एकत्रित गरी लगानीको वातावरण तयार गर्ने हो भने हाम्रो आर्थिक विकासमा नयाँ फड्को सावित हुने निश्चित छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा असीमित अवसरका द्वारहरू खुल्नेछन् । यसबाट तामाङ समुदायका लागि मात्र नभएर राष्ट्रकै आर्थिक विकास र समृद्धिको अभियानमा टेवा पु¥याउन सकिनेछ । यसै पनि नेपाल प्रशस्त सम्भावनाहरू भएर पनि पछाडि परिरहेको मुलुक हो । यसर्थ आर्थिक विकासका अनेक कार्यक्रमहरू सन्चालन गर्ने नीति बन्नु आवश्यक छ ।

इतिहासमा हामी अलगथलग रह्यौं । अथवा एउटै पूर्खाका सन्तानलाई अलगथलग रहन बाध्य पारियो । छिन्नभिन्न पारियो । हाम्रो राज्यसत्तामाथि चरम दमन भयो । स्वाभिमानमाथि बलत्कार भयो । हाम्रो मौलिक सभ्यता र स्वत्व अपहरणमा प¥यो । यो बुझाइ यदि सही हो भने आज धर्तीको जुनसुकै कुनामा छरिएको भएपनि सारा तामाङ समुदाय एकजुट हुने बेला आएको छ । आफ्नो आत्मसम्मानका लागि भावनात्मक रूपमा एकता प्रदर्शन गर्नैपर्ने भएको छ । यसका लागि पनि तामाङ परिषद्को मिरिक सम्मेलन गजबको अवसर बन्नुपर्छ । ‘नीति, सिद्धान्त, कार्यक्रम, भावना हरेक हिसाबले अब विश्वभरका तामाङ समुदायबीच बलियो एकता कायम भयो’ भन्ने सन्देश दिने मौका पनि यही हो ।
समुदायका लागि जतिसुकै गतिला योजनाहरू बनेपनि त्यसलाई व्यवहारमा लागू गर्ने भनेको संस्थाको नेतृत्वले नै हो । सक्षम, योग्य, दुरदर्शी, इमानदार कुशल नेतृत्वको अभावमा कुनै पनि योजनाहरू लागू हुन सम्भव नै छैन ।

यसकारण विश्वभरका तामाङ समुदायको विश्वास जित्ने खालको नेतृत्व चयन गर्ने यो सम्मेलनको अर्को महŒवपूर्ण दायिŒव हो । तामाङ समुदायको वर्तमान आशा, अपेक्षा, आवश्यकता र भावना बुझ्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्न सक्ने, विश्व परिवेशबारे आफूलाई जानकार राख्ने, समुदायको क्षमता योग्यतालाई चिन्न सक्ने, नवीन विश्व दृष्टिकोणका आधारमा समुदायको एकीकृत अभियानलाई गतिशील बनाउन र हाँक्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । आधुनिक सञ्चार र प्रविधिको ज्ञान र त्यसमा आफूलाई अभ्यस्त राख्ने प्रवृत्ति नयाँ नेतृत्वका लागि अनिवार्य सर्त हो । परिपक्व र गम्भीर नेतृत्व चयनको प्रक्रियामा चुक्दा सिङ्गो अभियान नै थला पर्ने गरेको उदाहरण जति पनि दिन सकिन्छ । मिरिक सम्मेलनमा पुग्ने प्रत्येक प्रतिनिधिले यो पाटोमा हेक्का राख्नु अति आवश्यक छ ।

यसो हुन सकेमा मात्र मिरिक सम्मेलन तामाङ समुदायको विकास र समृद्धिको एउटा विशेष अभियानका रूपमा स्थापित हुनेछ । नौलो आयाम बन्ने छ । सारा तामाङ समुदायले नयाँ ऊर्जा प्राप्त गर्नेछन् । अन्यथा यो सम्मेलन दार्जीलिङको एउटा सुन्दर पर्यटकीयस्थल घुमफिर गर्ने वहाना र रमाइलो जमघट मात्रै हुनेछ ।

-प्रतीक ङेसुर तामाङ परिषद्का वर्तमान सचिव हुन्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution