इजरायलमा स्व.पद्मरत्न तुलाधरको १३औँ पुण्यतिथिमा शोकसभा गर्ने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा शोकसभा तथा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ |
उहाँको १३औँ दिनको पुण्यतिथि सम्वत् २०७५ कार्तिक ३० गते तदानुसार सन् २०१८ नोवेम्बर १६ तारिख शुक्रबार नेफिन इजरायलको कार्यलयमा गर्ने भएको प्रेस विज्ञप्तिमार्फत जानकारि दिएको छ |
प्रेस विज्ञप्ति
बिषय : श्रद्धेय पद्मरत्न तुलाधर ज्यूको शोकसभा गर्ने र झण्डा आधा झुकाउनेबारे ।
आदिवासी जनजाति आन्दोलनका अग्रज नेता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व सल्लाहकार, नेवाः देय् दबूका संस्थापक संरक्षक, नेपाल भाषा आन्दोलनका प्रणेता, नागरिक आन्दोलनका अगुवा, पहिचानवादी वरिष्ठ वामपन्थी नेता, पूर्व मन्त्री, शान्ति प्रक्रियाका मध्यस्थकर्ता तथा सुत्रधार र देशभक्त, निष्ठावान, त्यागी, इमान्दार, दुरदर्शी मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर ज्यूको नेसं ११३८ कौलागा द्वादशी–२७ तथा विसं २०७५ कार्तिक १८ गते आइतबार ७७ वर्षको उमेरमा असामयिक दुःखद देहान्त भएकोले उहाँको सम्मान तथा श्रद्धाको खातिर उहाँको १३औँ दिनको पुण्यतिथि सम्वत् २०७५ कार्तिक ३० गते तदानुसार सन् २०१८ नोवेम्बर १६ तारिख शुक्रबार नेफिन इजरायलको आयोजनामा शोकसभा तथा श्रद्धाञ्जली सभा आयोजना गर्न गैरहेको हुँदा नेफिन इजरायलमा आबद्द सदस्य संघहरु (आफ्नो मातृ संघको झण्डा सहित ) र इजरायलमा क्रियाशील अनलाइन मिडियाकर्मी ज्यूहरु लगायत नेपाली संघ संस्था र नेपाली समुदायमा उहाको सम्मानित शोक सभामा उपस्तिथितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
श्रद्धेय तुलाधर व्यक्ति थिएनन् संस्था थिए र जनताको शक्ति भएको स्मरण गर्दै समग्र देश र जनताका लािग उहाँले देखाउनुभएको बाटो र विचार तथा देख्नुभएको सपना साकार पार्न निस्वार्थ रुपले कर्मशील र अविचलित भई निरन्तर कार्य गर्नु नै उहाँप्रति सच्चा श्रदाञ्जली हुनेछ । यस दुःखद क्षणमा दिवंगत तुलाधर ज्यूप्रति चिरशान्तिको कामनासहित भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दछौं । शोक सन्तप्त परिवारजन, आफन्तजन, शुभचिन्तकहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।
देश र जनताका लािग जीवनभर लडेका र ऐतिहासिक महत्वपूर्ण योगदान दिएका युगपुरुष श्रद्धेय व्यक्तित्व तुलाधर ज्यूको सम्मानस्वरुष राज्य सरकारको पररास्ट्र बिभाग नेपाली दुतावास तहबाट पनि निरन्तर योगदानको कदर गर्न समेत नेपाल सरकार र नेपाली दुतावास इजरायल सँग आग्रह गर्दछौ ।
जय आदिवासि जनजाति !!! श्रेदय पद्म रत्न तुलाधर अमर रहुन !!!
मिति : १६ नोवेम्बर २०१८ शुक्रबार
स्थान : नेबिशनन ४७ तेल अभिव (नेफिन सचिवालय )
समय : ठिक ३:३० बजे दिउसो
महासचिव
समिर श्याङ्बा ह्योल्मो
नेफिन इजरायल