हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

हप्तौंदेखि लगातार खोकी लागिरहेको छ? के गर्ने?

डा. शेरबहादुर पुन

तीन हप्ताभन्दा बढी समयसम्म पनि लगातार खोकी लागेपछि मात्र परामर्श लिन डाक्टरकहाँ जाने मानिस थुप्रै भेटिन्छन्। विशेषगरी, गरी फ्लु फैलने समयमा र फ्लुको संक्रमण भइसकेका बिरामीहरुमा यो समस्या बढी देखिने गरेको छ। फ्लुको सिजन सुरु भएसँगै धेरै मानिसलाई ज्वरो आउने र रुघाखोकीको समस्या हुने गरेको छ।

उपचार गरेर एक पटक ठीक भइसके पश्चात् पनि फेरि सुख्खा खोकी लगातार लागिरहने भन्दै परामर्श लिन आउने बिरामी पनि भेटिने गरेको छ। बीचमा निको भएर केही बर्षको अन्तरालपछि पुन लगातार खोकी लागिरहने समस्या लिएर आउने धेरै छन्। लगातार खोकी लाग्नुका साथै टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न अप्ठेरो हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने गरेका समेत समस्या लिएर परामर्श लिन आउने बिरामीको संख्या पनि कम छैन।

यस्तो समस्या भएका बिरामीको छातीको एक्सरे भने सामान्य नै देखिने गरेको छ। तरपनि समस्या समाधान नभएर धेरैलाई चिन्तित बनाएको हुन सक्छ। निरन्तर खोकी लागिरहनुका धेरै कारणहरु हुन् सक्दछन्। यसका कारण र निवारणको चर्चा गर्नुअघि यसका सम्बन्धमा भएका चिकित्सकीय अनुसन्धानको चर्चा गरौं।

द अमेरिकन कलेज अफ चेस्ट फिजिसियनसले खोकीको अवधिका आधारमा वर्गीकरण गरेको छ। तीन हप्तासम्मको खोकी भएमा ‘एक्युट वा तीव्र खोकी’, तीनदेखि आठ हप्तासम्मको खोकीलाई ‘सब-एक्युट वा अर्ध-दीर्घ खोकी’ र आठ हप्ताभन्दा बढी अवधिसम्म निरन्तर खोकी लागेको भए त्यसलाई ‘क्रोनिक वा दीर्घ खोकी’का रुपमा उसले वर्गीकरण गरेको छ। यही अनुसन्धानका अधारमा नै अहिले खोकीका सम्भावित कारणहरु र उपचार गर्न सुझाव दिने गरिएको छ।

तीन हप्तासम्मको एक्युट वा तीव्र खोकी भएमा सामान्यतया भाइरल संक्रमण पनि एक प्रमुख कारण हुन् सक्छ। ‘फ्लु भाइरस’ यसको प्रमुख कारण हो। यसबाहेक अन्य कारण पनि हुन सक्छन्।

तीन हप्तादेखि आठ हप्तासम्म लगातार खोकी लागेमा ‘पोष्ट भाइरल/पोष्ट इन्फेक्सिओस खोकी’ अर्थात् ‘भाइरसको संक्रमण प्रश्चात उत्पन्न खोकी’ हुनसक्छ। यही वर्षको असोज पहिलो हप्ता काठमाडौंमा ‘हंगकंग फ्लु’ अर्थात् एच. थ्री. एन. टु प्रजातिको फ्लु भाइरस देखिएको थियो। यस्तो रोग लागेका बिरामीलाई तीन हप्ताभन्दा बढी समयसम्म निरन्तर खोकी लागिरहन्छ। यसको उपचार मैले आफैं गरेको थिएँ। यो मेरा लागि नेपालमा पहिलो अनुभव थियो।

हालै नेपालमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गत पर्ने एच. वान. एन वान. पीडीएम २००९ र एच. थ्री. एन. टु प्रजाति देखिसकेको सार्वजनिक भैसकेको छ। तसर्थ फ्लु हुने सिजनमा लामो समयसम्म खोकी लागिरहेमा र अरु कारण नदेखिएमा संक्रमण पश्चात् उत्त्पन्न भएको खोकी हुनसक्छ। यसको उपचार समयमा नै हुन जरुरी हुन्छ।

के गर्ने?

‘पोस्ट भाइरल/पोस्ट इन्फेक्सिओस खोकी’ समय क्रमसंगै आफैं कम हुँदै जान्छ। तर पनि स्वस्थकर्मीसंग स्वस्थ जाँच गरी परामर्श लिन जरुरी हुन्छ। पैंसठ्ठी वर्षभन्दा माथि उमेरका, श्वास-प्रश्वाससम्बन्धी दीर्घ रोग लागेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, अंग प्रत्यारोपण गरेका, तीन वर्षमुनिका बालबालिका, मोटोपन भएका, कुपोषण भएका यसको जोखिममा पर्ने समूह हुन्।

जोखिमका समूहले हरेक फ्लु सिजनमा खोप लगाउने गरेमा यसबाट उत्पन्न हुने लगातारको खोकी र अरु जटिलताबाट धेरै हदसम्म मुक्ति पाउन सक्दछन्। एन्टिबायोटिक ‌औषधि चाँहि चिकित्सकको परामर्श बिना प्रयोग गर्नु हुँदैन। घरमा प्रशस्त आराम गर्ने, मनतातो र झोलिलो खानेकुरा खाने, धुलो-धुवाँबाट टाढा रहने गरेमा खोकीको संक्रमण कम हुन्छ। यदि दुइ महिना वा सो भन्दा पछि पनि लगातारको खोकी कम नभएमा चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ।

– (डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजकका रुपमा कार्यरत छन्।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution