हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

हलेसी:बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनी

खोटाङ – बिहानको चिसो हावा । टाढा टाढासम्म देखिने पहाडी बस्ती । अनि शंख घण्टको आवाजसँगै सुमधुर ओमकार ध्वनी श्रवणले कसलाई मन्त्रमुग्ध नबनाउला र ?

मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (सिला)को दर्शन गर्न पाउँदा त्यहाँ पुग्न जो कोही पनि स्वर्गमा पुगेको अनुभूति गर्छन् । धार्मिक आस्थाको रुपमा रहेको खोटाङको हलेसी धामको प्राकृतिक भू–बनोटको संरचना विश्वमै अनौठो मानिन्छ । झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।

घना जंगल । जंगलकै मध्यमा रहेको गुफा । ठिक यही पुगेपछि देख्न सकिन्छ, अनौठो दृश्य । गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देखिन्छन् भने अर्काे छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देख्न सकिन्छ ।

रमाइलो त के भने, हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमिको रुपमा पूजा–आजा गर्छन् ।

हलेसी धाम धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो । यसलाई पूर्वको पशुपतिनाथ भनेर पनि चिनिन्छ । हलेसी महादेवको दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोती हुन्छ भन्ने जनविश्वास छ ।

प्रायः दिक्तेल जानेहरु हलेसी महादेवको दर्शन नगरी अगाडि बढ्दैनन् । धार्मिक आस्थाको रुपमा लिइने हलेसी महादेवको दर्शनपछि मात्रै यात्रुहरु पनि अगाडिको यात्रा तय गर्छन ।

पर्यटकीय गन्तव्य

हलेसी महादेव धामलाई सरकारले देशभरिको एक सय घुम्ने ठाउँ मध्ये एक विशेष ठाउँको रुपमा राखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यको नाममा हलेसी धाम पनि परेको हो । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ । सकारले यसै आर्थिक वर्षमा सय वटा पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार विकास गर्ने उल्लेख गरेअनुसार गन्तव्य तोकिएको हो ।

यहाँ हिन्दु तथा बौद्ध धर्ममा आस्था राख्नेहरु दर्शनका लागि आउने गर्छन । विशेष गरी भुटान, जापान, कोरियाका पर्यटक बढी पुग्ने गरेको मन्दिरको सर्वपक्षीय समितिले जनाएको छ । यहाँ विशेष गरी महाशिवरात्री, रामनवमी र बालाचर्तुदशीमा दर्शनार्थीहरुको ठूलो भिड लाग्ने गर्छ ।

यस्ता पर्वहरुमा विदेशी पर्यटकहरु हेलिकप्टर चार्टर गरेरै हलेसीको दर्शन गर्न पुग्ने स्थानीय चिसाङ शेर्पाले बताउनुभयो । विशेष पर्वहरुमा हेलिकप्टर ल्याण्ड गर्ने ठाउँसम्म नहुने गरेको उहाँ बताउनुहुन्छ ।

कसरी पुग्ने हलेसीसम्म

काठमाडौंबाट हलेसी पुग्न दुई वटा बाटो छन् । एउटा, काठमाडौं–मिर्चैया–कटाहारी हुँदै घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ ।

अर्को बाटो काडमाडौं–धुलिखेल–नेपालथोक–खुर्कोट–सिन्धुली–घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ ।

काठमाडौंदेखि हलेसी २ सय ३० किलोमिटरको दूरीमा रहेको छ । काठमाडौँबाट जीपमा बिहान ७ बजे हिँडियो भने झण्डै दिनको २ बजे हलेसी पुगिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution