काठमाडौँको मुलपानी क्रिकेट मैदानमा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदानमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। आज बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिए।
अहिले बलात्कारको अरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेको प्रहरीले जनाएको छ |