अमेरिकी राजदूत बेरीले गरे दीपावली र लक्ष्मीपूजा (फोटो सहित)

काठमाडौँः नेपालस्थित अमेरिकी राजदूतावासमा बुधबार साँझ एक कार्यक्रमबीच लक्ष्मीपूजा गरिएको छ।
नेपालस्थित अमेरिकी राजदूत र्याीण्डी डब्लु बेरीसहितले महाराजगञ्जस्थित दूतावास परिसरमा रंगोली बनाएर लक्ष्मीपूजा गरेका हुन् ।
अमेरिकी दूतावासका अनुसार दूतावासमा कार्यरत नेपाली र अमेरिकी सहकर्मीहरूले दूतावास परिसर र निवासमा मन्डला बनाएर लक्ष्मीपूजा गरेका हुन् ।
दूतावासका कर्मचारीहरूले बुधबार साँझ दीपावली पनि गरेका छन् ।
यसअघि पनि नेपाल बसेर गएका राजदूत बेरीले दोस्रो पटक नेपाल आएलगत्तै नेपाली भाषामै मन्तब्य दिँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै घनिष्ठ बनाउने बताएका थिए ।
उनले नेपालका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरेर विश्वका पर्यटकलार्इ सुन्दर नेपाल घुम्नका लागि आग्रहसमेत गर्दै आएका छन् ।