हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तिहारमा दिल खोलेर बत्ती बाल्नुस् : कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ। उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीले लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन भवन सिंगारिएको बताए।

‘हामीले भवन सिंगारेका छौं, यो प्रतीकात्मक हो। तपाईंहरू पनि दिल खोलेर बत्ती बाल्नुस् भन्ने,’ घिसिङले भने, ‘आज साँझ १२७० मेगावाट बिजुली माग हुने अपेक्षा छ, त्योभन्दा बढी भयो भने पनि हामी व्यवस्थापन गर्न सक्छौं। समस्या छैन।’

दुई वर्षअघि लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकामा लोडसेडिङ भएको थिएन। पछि त्यो क्रम बढ्दै गएर अहिले देश लोडसेडिङमुक्त भइसकेको छ। यद्यपी पोहोरसम्म लक्ष्मीपूजाको दिन प्राधिकरणले सकभर कम बिजुली खपत गर्न आग्रह गर्ने गर्थ्यो।

‘यसपाली हाम्रो उत्पादन बढेको छ, चोरी नियन्त्रण भएको छ, आयात पनि विश्वासनीय भएको छ तर त्यसको तुलनामा पिक आवरको लोड बढेको छैन,’ घिसिङले भने, ‘त्यसैले हामीलाई समस्या छैन।’

यमपञ्चक अन्तर्गत आज तेस्रो दिन गाई तिहार हो। साँझपख धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। बिजुली नहुने ठाउँमा दीयो बाल्ने चलन छ। शहरबजारमा भने घरभरि झिलीमिली बत्तीले बाल्ने गरिन्छ।

२१ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution