तिहारमा कस्तो भाइमसला दिने ? याद गर्नुहोस् ….

काठमाडौं- नेपालीहरुको दोस्रो महान चाड तिहार अन्तर्गत शुक्रबार भाइटीका । भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाउने र मिठा मिठा परिकार खुवाउने चलन रहेको छ ।
चाडवाडको समय खानपान र मिस्ठान्न भोजन, मिठाइका लागि पनि परिचित हुन्छ । यस्तो समयमा मिठाइ, खानपानमा उचित ख्याल गर्न सकिएन भने स्वास्थ्यमा विभिन्न किसिमका समस्या र असरहरु देखापर्ने गरेका छन् ।
दशैमा मासु खाए जस्तै तिहारमा गुलियो मिठाइहरु खाने चलन रहेको छ । तर धेरै गुलियो मिठाइले स्वास्थ्यमा असर गर्ने जनस्वस्थ्य विज्ञ अरुणा उप्रेतीले बताइन् । उनका अनुसार धेरै गुलियो मिठाइ खादा स्वास्थ्यमा दिर्घरोगहरु लाग्न सक्छ ।
गुलियो मिठाइ खादा लाग्ने रोगहरु
मोटोपनको समस्या हुने ।
उच्च रक्तचापको समस्या हुन्छ ।
मुटुसम्बन्धि रोग लाग्न सक्छ ।
क्यान्सरको जोखिम बढ्छ ।
गुलियो मिठाइ वा खानेकुराले यि रोग लाग्ने संभावना प्रवल रहेको डा. उप्रेतीले बताइन् । मोटोपन, उच्च रक्तचाप,मुटुसम्बन्धि रोग लागेका व्यक्ति र क्यान्सरका रोगीहरुले त गुलियो मिठाइ खानै नहुने उनको भनाइ छ । दिर्घरोग मात्रै नभई गुलियो धेरै खादा वान्ता हुने,झाडापखल लाग्ने र पेट दुख्ने समस्या समेत हुन सक्छ ।
चाडपर्व भनेपछि साविक भन्दा अलि बढि खाने नेपालीहरुको गलत बानी छ । जसले गर्दा नेपालीहरुको स्वास्थ्य समस्या बढ्दै गएको छ । तिहारमा खाइने खानामा गुलियो,चिल्लो कम खानुपर्छ । नत्र स्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले तिहारमा खाने खानामा विशेष ध्यान दिन डा उप्रेतीको सुझाव छ ।
तिहारमा मिठाइ खादा यस्तो कुरामा विचार पु-याउनुस्
तिहारको समयमा बजारमा जेरी,पुरी, पेडा,लगायत विभिन्न थरिका मिठाइका परिकार बजारमा पाइन्छ । मिठाइलाई आर्कषक बनाउन व्यपारीहरुले विभिन्न रंगको प्रयोग गरेर मिठाइ बनाउने गरेका छन् । रंग पनि दुई किसिमका हुन्छन् । मिठाइमा हाल्ने छुट्टै किसिमको रंग हुन्छ । जसको सहि मात्रामा प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन । तर खान योग्य रंग महंगो पर्ने भएकाले व्यपारीहरुले खान नमिल्ले रंगको प्रयोग गर्न सक्ने डा. उप्रेतीको भनाइ छ । त्यसैले पनि रंगको प्रयोग गरीएको मिठाइ खान नहुने उनले बताइन् ।
यस्तो मिठाइ मात्रै खानुस्
घरमै बनाएको मिठाइ खानुपर्छ
तिहारको समयमा दाजुभाइ दिदीबहिनी सबै घरमा जम्मा भएका हुन्छन् । सबैजना जम्मा भएको बेला घरमा खानेकुरा बनाउन दुःख पनि हुदैन । सबैले मिलेर बनाउँदा रमाइलो त हुन्छ नै ताजा र सफा खानेकुरा खान पाइन्छ ।
शुद्ध तेल वा घ्यूको प्रगोग गर्नुपर्छ ।
तिहारको बेला विशेष त सेलरोटी घरमै बनाउने चलन हुन्छ । रोटी बनाउँदा सकेसम्म शुद्ध तेल वा घ्यूको प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा पाइने डार्ला घ्यूको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्छ । रोटीमा मात्रै हैन अन्य मिठाइका परिकारमा पनि शुद्ध तेल वा घ्यू हालेर बनाउन पर्छ । एकपटक पकाएको तेलमा बारम्बार तताएर त्यसमै पकाएको खानेकुरामा क्यान्सरको तत्व सक्रिय हुन्छ । त्यसैले कम तेल प्रयोग गर्ने तर बारम्बार तताएर प्रयोग नगर्ने ।
कम मात्रामा खाने
गुलियो मिठाइमा चिनीको मात्रा धेरै हुने भएकाले यसको असर त छदैछ । अझ धेरै खाइयो भने त झनै असर पु-याउछ । त्यसैले तिहारमा खानेकुरा आफुलाई चाहिने मात्रामा खानुपर्छ । गुलियो मिठाइ मात्रै खान हुदैन ।
हरियो सागसब्जी र फलफूल अनिवार्य
तिहारमा खानाको परिकारमा हरीयो तरकारी र फलफुललाई अनिवार्य रुपमा समावेश गरिएको हुनुपर्छ । हरियो सागसब्जी र फलफूलले खानाको मात्रालाई मिलाउछ र स्वास्थ्यलाई फाइदा गर्छ ।
तयारी मिठाइ किन्दा विशेष ध्यान
बजारमा पाइने मिठाइ किन्दा बनाउने ठाउँ सफा छछैन । कहिले बनाएको हो भन्ने बुझेर मात्रै किन्नुपर्छ । धेरै रंग मिसाएर आर्कषक बनाएको मिठाइ किन्नु हुदैन । सकेसम्म कम गुलियो र रंग नमिसाएको ताजा मिठाइ किन्नुपर्छ । रिता लम्साल@लोकान्तर |
कात्तिक २१, २०७५ मा प्रकाशित