हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रदेश-३ को नामांकन : एकल भर्सेस साझा पहिचान

काठमाडौं- प्रदेशहरू आ-आफ्ना नाम जुराउने दौडमा छन्। तर, संघीय राजधानीसमेत पर्ने प्रदेश-३ यस दौडमा पछाडि छ। प्रदेश-४, ६ र ७ ले आ-आफ्ना नाम जुराएका छन्, गण्डकी, कर्णाली र सुदूरपश्चिम। प्रदेश-१, २ र ५ पनि नामाकरणको बहसमै छन्। प्रदेश-३ मा भने यस्तो बहसको आवाज मन्द सुनिएको छ।

त्यसको कारण पनि अनौठो छ। खासमा, प्रदेश-३ मा स्थायी राजधानीको विवाद बढी छ। १०९ जनामध्ये अधिकांश सांसद हेटौंडाबाट राजधानी निकालेर काठमाडौं आसपासमा ल्याउनुपर्ने पक्षमा देखिएका छन्। आफ्नो त्यस रणनीतिमा बाधा नआओस् भनेर उनीहरू प्रदेशको नामको विवादतिर जान खोजिरहेका छैनन्। “नामाकरणको पाटोलाई रणनीतिक रूपमा उपयोग गर्ने सोचमा छौं,” सत्तारुढ नेकपाका एक सांसद भन्छन्।

प्रदेशसभा सदस्यहरूमध्ये ८० देखि ८५ जना हेटौंडालाई राजधानी बनाउन नहुने पक्षमा देखिन्छन्। अर्थात्, हेटौंडाको विपक्षमा दुई तिहाइ बहुमत छ, प्रदेशसभामा।

तर, कहाँ सार्ने भन्ने यकिन गर्न उनीहरूले सकिरहेका छैनन्। केहीको मत भक्तपुरमा राख्नुपर्ने भन्ने छ। तर, संघीय राजधानी रहेको उपत्यकाभित्रै प्रदेशको राजधानी राख्न नहुने तर्क बलियो छ। काभ्रेको बनेपा र धुलिखेलमा प्रदेशको राजधानी तोक्ने कुरामा बहुमत जुट्ने सम्भावना छ।

मुख्यमन्त्री डोरमणि पौडेल मात्र होइन, प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि हेटौंडाका बासिन्दा हुन्। उनीहरू दुवै जना हेटौंडालाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन्। कांग्रेस नेता बानिया भन्छन्, “हेटौंडालाई परिवर्तन गर्दा त्यसले राम्रो सन्देश जाँदैन। दुई तिहाइ सरकारको स्थिर राजनीति अस्थिरतातिर जान सक्छ। त्यसैले प्रदेश-३ को राजधानी छुनतिर नलागे हुन्छ।”

मुख्यमन्त्री पौडेलचाहीं राजधानी र नाम एकै पटक टुंग्याउनुपर्ने सोचमा देखिन्छन्। स्थायी राजधानीको विषयले दशैंअघिको प्रदेशसभा बैठकमा प्रवेश पाएको छ। राजधानीको सन्दर्भमा कांग्रेसले गोप्य मतदानमा जानुपर्ने अडान राखेको छ।

राजधानीको सन्दर्भमा राजनीतिक हिसाबबाट कांग्रेसका नेताहरूले हेटौंडाको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिने अवस्था छैन। किनभने, कांग्रेस नेतृत्वको सरकारले नै हेटौंडालाई अस्थायी राजधानी तोकेको थियो। कांग्रेसका सांसदहरूले अघिल्लो सरकारले हेटौंडामा राजधानी राख्ने गलत निर्णय गरेको बताउने गरेका छन्।

एकल भर्सेस साझा नाम

प्रदेश-३ को नाम जातीय पहिचानका आधारमा राख्ने कि प्रदेशको साझा परिचय खोज्ने भन्नेमा विवाद छ । पूर्वमाओवादी र जनजाति राजनीतिको पृष्ठभूमिबाट आएका सांसदहरू जातीय आधारमा नाम राख्नुपर्ने पक्षमा देखिन्छन्। त्यसमा पनि नेवार जातिका सांसदहरू ‘नेपाल मण्डल’का पक्षमा छन्। तत्कालीन एमालेबाट काठमाडौं-९ ‘क’बाट निर्वाचित सांसद अजयक्रान्ति शाक्यले त २१ फागुन ०७४ मै पत्रकार सम्मेलनमार्फत् प्रदेश-३ को नाम ‘नेपाल मण्डल’ प्रस्ताव गरेका थिए। उक्त नामबाट प्रदेशका १३ वटै जिल्लाको पहिचान समेटिने उनको भनाइ थियो।

तामाङ सांसदहरूले ‘ताम्सालिङ’ नामाकरण हुनुपर्ने बताउने गरेका छन्। नेवार र तामाङ दुवै जातिका सांसद मिलेर ‘नेवा-ताम्सालिङ’ पनि भन्ने गरेका छन्।

तर, त्यसबाहेकका सांसदहरू कर्णाली, गण्डकी, सुदूरपश्चिमजस्तै साझा नाम पहिल्याउनुपर्ने पक्षमा देखिन्छन्। गौरीशंकर, वागमतीजस्ता साझा नाम ठम्याउनुपर्ने उनीहरूको मत छ।

प्रदेश-३ मा सत्तारुढ नेकपाको दुई तिहाइ बहुमत छ। कुल ११० सांसदमध्ये ८१ जना नेकपाका छन्। मुख्य विपक्षी दल कांग्रेसका २१ सांसद छन्। यस्तै, दुई वटा राप्रपाका १-१, विवेकशील साझाका ३, नेमकिपाका २, नयाँशक्तिका १ सांसद छन्। तत्कालीन एमालेबाट निर्वाचित भक्तपुरका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएका कारण अहिले नेकपाका ८० सांसद मात्र छन्।

नेकपा सांसद रचना खड्काको भनाइमा उक्त पार्टीको नेतृत्व तह साझा नामको पक्षमा देखिएको छ। प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य पनि साझा नामकै पक्षमा देखिन्छिन्।

नेकपाभित्र नामको विषयले छलफलका रूपमा खासै प्रवेश पाएको छैन। तर, साझा नामको पक्षमा देखिन्छ, उक्त पार्टी। कांग्रेस पनि नामाकरणको सन्दर्भमा साझा पहिचानको पक्षमा देखिन्छ।

वागमती, नारायणी, वागमती-नारायणी, गौरीशंकरजस्ता नामहरूमा सहमति जुटाउनुपर्ने कांग्रेस संसदीय दलका नेता बानिया बताउँछन्। भन्छन्, “कांग्रेस साझा पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने पक्षमा छ।”

संघीय राजधानीसमेत यही प्रदेशमा पर्ने भएकाले ‘राजधानी प्रदेश’ पनि नाम राख्न सकिने बानियाको बुझाइ छ।

२० कार्तिक २०७५ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution