हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

आजदेखि सेयर बजार अनलाइन प्रणालीमा, अनलाइनबाट कसरी कारोवार गर्ने ?

काठमाडौं– आजबाट (कात्तिक २०) औपचारिक रुपमा अनलाइन कारोबार प्रणालीको शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसँगै अनलाइन कारोबार प्रणाली शुरु भएको हो । नेपालको पुँजी बजारलाई विश्व स्तरीय बनाउन अनलाइन कारोबार प्रणालीमा लगिएको नेपाल स्टक एक्सचेन्जले भनेको छ ।

सेयर बजारमा धेरैको चासो र प्रतिक्षाको विषयको रुपमा रहेको अनलाइन कारोबार प्रणाली आएपछि बजार बढ्नेमा अधिकांश लगानीकर्ताहरु ढुक्क देखिन्छन् । यो प्रणाली शुरु भएसँगै अब लगानीकर्ता ब्रोकरकहाँ धाइरहनु पर्दैन । इन्टरनेटको पहुँच भएको स्थानबाट सेयर खरिद बिक्रिको आदेश दिन सकिनेछ ।

के हो त अनलाइन ट्रेडिङ सिस्टम ?
यो इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयमले विभिन्न सेयर खरिद बिक्री आदेश दिएर कारोबार गर्न सकिने प्रणाली हो । यस प्रणालीमा कम्पनी सूचिकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायतका कार्यहरु पूर्णरुपमा स्वचालित छन् । छुट्टा छुट्टै २० वटा मोडल र अन्य सहायक मोडल मिलेर एकिकृत रुपमा नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को विकास गरिएको छ ।

अनलाइनबाट कसरी कारोवार गर्ने ?

लगानीकर्ताले इरुन्टरनेटको माध्यमबाट कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको केवाइसी फारम भर्नुपर्दछ । फारममा अनलाइन कारोबार रोजेकाले मात्र स्वयम कारोबार गर्न सक्छन् । अफलाइन खाता भएका लगानीकर्ताले भने ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन् ।

यदि तपाइले अनलाइनबाट कारोबार गर्न चाहनुहुन्छ भने फारममा रहेको अनलाइन अप्सन छान्नुपर्नेछ । ब्रोकरले केवाइसी फर्म रुजु गरी टिएमएसमा लगानीकर्ताको खाता खोली युजर नेम र पासवर्ड लगानीकर्ताले उपलब्ध गराएको इमेलमा पठाउँछ । प्राप्त भएको युजर नेमअनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको लिमिट र यूआरएल प्रयोग गरी लगानीकर्ताले कारोबार गर्न सक्छन् ।

अंग्रेजीमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अर्थात कारोबार व्यवस्थापन प्रणाली भनेको ब्रोकर तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्र खरिद बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणालीनै कारोबार व्यवस्थापन प्रणाली हो ।

यसबाट ब्रोकरले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयको कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन लगायतको काम गर्न सक्छन् । लगानीकर्ताले अनलाइन कारोबार गर्न प्राप्त भएको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्छ र लिमिट अनुसारको कारोबार गर्नुपर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution