तामाङ समाज यूएईले शैक्षिक सहयोग हस्तान्तरण गर्ने
काठमाडौं-तामाङ समाज यूएईको सपोर्ट माई स्कूल परियोजना अन्तर्गत“ शैक्षिक तथा बिधालय सहयोगका लागि “शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम – २०७५” आउँदो ०१ मंसिर (शनिबार) दिनको २ बजे नेपाल तामाङ घेदुङ, संघीय कार्यालय भवन चुच्चेपाटी बौद्धमा आयोजन गरेको छ |
केही महिना अघि तामाङ समाज यूएईले “एसएमएस धमाका – २०१८, सांस्कृतिक साँझ” भ्वाय्ताको साथ सम्पन्न गरी सहयोग रकम जुटाएको थियो |
उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु लगायत संघ-संस्थाहरूलाई बिशेष धन्यबाद दिन व्यक्त गरेको छ । तपाईहरुको निरन्तर सहयोगले यस परियोजनालाई सफल बनाउन उल्लेखनीय भुमिका खेलेको छ र आगामी दिनहरूमा निरन्तर साथ तथा सहयोगको अपेक्षा राखेको तामाङ समाज यूएईले बताएको छ |
यस बर्ष “शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम – २०७५” मा श्री भुमिदेबी मा.बि. मेघाङ गा.पा. – ३, नुवाकोटलाई शैक्षिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको छ |
कार्यक्रममा सहभागी हुना सबैलाई हार्दिक अनुरोध गरेको छ |