हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

को हुन् गुण्डाहरुलाई पेस्तोल सप्लायर्स गर्ने माया शेरचन ?

काठमाडौं– गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । नेपाल निर्माण व्यावसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या गर्नका लागि हतियार (पेस्तोल) सप्लाई गर्ने कार्यमा शेरचनको संलग्नता रहेको भन्दै प्रहरीले शेरचनलाई पक्राउ गरेको हो ।

यसअघि कात्तिक ११ गते शरद गौचनको हत्यामा संलग्न रहेकामध्ये लोप्साङ भन्ने सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई अपराध महाशाखाकै टोलीले काँकडभित्ताबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको बयानका आधारमा समिरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको हो ।

शुक्रबार अदालतमा बयान दिने क्रममा अभियुक्तहरु सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढोथोकीले माया शेरचनबाट हतियार लिई गौचनको हत्या गरेको बयान दिएका थिए । अदालतमा दिइएको बयानको आधारमा मायालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गुण्डा नाइकेका रुपमा कहलिएका समिरमानसिंह बस्नेतलाई प्रहरीले खोजी सूचीमा राखेपछि पेस्तोल लगायतका हतियार बन्दोबस्ती र व्यवस्थापन समिरमानकी श्रीमती मायाले गर्दै आएको प्रहरीले दाबी गरेको छ ।

आपराधिक घटनामा संलग्नहरुलाई हतियारको व्यवस्था गरिदिने तथा हतियारको बेचबिखनमा समेत मायाको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । रातोपाटीबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution