गायिका मिलन अमात्यको ‘चढ्दो उमेर’ रिलिज (भिडियोसहित)

काठमाडौं। गायिका मिलन अमात्य र गायक मोहन मगर नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् । मिलन र मोहनको स्वरमा ‘चढ्दो उमेर’ बोलको डान्सिङ्ग गीत आइतबार सार्वजनिक गरिएको हो ।
गीतमा जीबन लुइंटेलको शब्द एवं मोहन मगरको संगीत छ । सुरज श्रेष्ठ र एलिना रायमाझीलाई फिचरिङ गरिएको भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन ।
ज्ञानेन्द्र शर्माले छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन ।
कात्तिक १८, २०७५