शाहरुख खानको बर्थडे पार्टीमा प्रहरीको हस्तक्षेप,शाहरुख होटलबाट बाहिरिए

मुम्बई – बलिउडका बादशाह शाहरुख खानले शुक्रबार आफ्नो बर्थडेका अवसरमा शानदार पार्टीको आयोजना गरेका थिए। शाहरुखले यो पार्टी मुम्बईको एउटा प्रसिद्ध होटलमा आयोजना गरेका थिए।
तर, शाहरुखको बर्थडे पार्टीमा प्रहरी रोक लगाएको छ। मध्यरातसम्म ठूलो आवाजमा म्यूजिक बजाएको आरोप मुम्बई प्रहरीले उक्त पार्टीमा रोक लगाएको हो।
मुम्बई शहरमा मध्यरातसम्म ठूलो आवाजमा म्यूजिक बजाएर पार्टी गर्न सख्त मनाही छ। शाहरुखको बर्थडे पार्टी राति ३ बजेसम्म चलेको थियो।
पार्टीमा ठूलो आवाजमा म्यूजिक बजाइएको थियो। पार्टीमा सहभागीहरुका लागि राति १ बजेसम्म खाना खुला गरिएको थियो। त्यसपछि मात्रै शाहरुख आफ्ना नजिकका साथीहरुसँग पार्टीमा देखिएका थिए।
मुम्बई प्रहरीले हस्तक्षेप गर्नुपूर्व पार्टी राम्रैसँग चलिरहेको थियो। तर, प्रहरीले होटलका मालिकलाई पार्टी बन्द गर्न निर्देशन दिएपछि पार्टी रोकियो। शाहरुख खानको पार्टी चलिरहेको छ भन्ने जान्दाजान्दै प्रहरीले होटलको पार्टीमा रोक लगाएको हो।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले म्यूजिक बन्द गराएको केहीबेरमै शाहरुख होटलबाट बाहिरिएका थिए। पार्टीमा स्वरा भास्कर, निखिल आडवानी, फिल्म जिरोका निर्देशक आनन्द एल रायसँगै शाहरुखको परिवार सहभागी थियो।
योभन्दा पहिले शाहरुखले घरमा परिवारसँग बर्थडे पार्टीमा रमाइलो गरेका थिए। सामाजिक सञ्जालमा शाहरुख र गौरीको एक तस्बिर सार्वजनिक भएको थियो जसमा किङ खान आफ्नी श्रीमतीलाई केक खुवाइरहेका थियो |
देशसन्चारबाट