हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सम्झना र विपिनको प्रेम,सम्झना अब कसकी बुहारी ?

रामेछाप– कात्तिक ९ गते शुक्रवार । रातिको १० बजे । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्ति बजार नजिक रहेको प्रेमबहादु खड्को घरको ढोकासुस्तरी खुल्छ । प्रेमका कान्छा छोरा सुमनको ध्यान ढोकातर्फ जान्छ । ढोकाबाट उनकी भाउजु सम्झना बाहिरिन्छिन् । भाउजु शौचालय गएको हुनुपर्छ, सुमन सोच्छन् ।

करिब १ घन्टा बित्नै लाग्दा पनि सम्झना घर नफर्किएपछि सुमनले बुवालाई बोलाए । ‘लामो समय भयो भाउजु बाहिर गएको, आउनु भए न त !’ सुमनले बुवालाई सुनाउँछन् ।

नेपाली सेनामा कार्यरत छोरा शुभराज खड्कासँग ४ वर्षअघि विवाह बन्धनमा बाँधिएकी प्रेमकी बुहारी सम्झना राति १० बजे घरबाहिर निस्किएर नआएपछि परिवारका सदस्यहरु चिन्तित बने । घर बाहिर बत्ति बाले । वल्लो पल्लो घरका छरछिमेकलाई बोलाए ।

प्रेमबहादुरले आफ्नी बुहारी हराएको भन्दै टोलछिमेकलाई बोलाएर खोज्न हिँडे ।

घरबाट करिब ५ मिनेटको दुरीमा (बाटो छेउको झाडी जस्तो ठाउँ)मा महिला र पुरुष देखिए । मानिसहरुको भीड देख्नासाथ पुरुष भागे तर अध्यारो भएका कारण उनलाई चिन्न सकेनन् । बुहारी खोज्न हिँडेका प्रेमबहादुरलाई त्यतिबेला छाँगाबाट खसेजस्तै भयो, जब त्यो अँध्यारोमा भेटीएकी महिला आफ्नै बुहारी भएको थाहा पाए ।

केटासँग भेटेपछि प्रेमबहादुर र छरछिमेकीले सम्झनालाई केरकार गरे । सबैजनाको केरकारमा परेकी २२ वर्षीय सम्झनाले आफूसँगै रहेको केटा छिमेकी २३ वर्षीय विपिन दाहाल रहेको बताइन् ।

त्यसपछि आक्रोशमा अाएका खड्का परिवार र छरछिमेकी विपिनको खोजीमा उनको घरमा गए । विपिनले आफू र सम्झनाबीच प्रेम रहेको र शारीरिक सम्बन्ध समेत रहेको बताए । जसलाई सम्झनाले पनि स्वीकार गरिन् ।

सम्झनाको ‘चरित्र’ थाहा पाएपछि प्रेमबहादुरको परिवारले ठाउँको ठाउँ उनीसँगको नाता ताडेको घोषणा गर्यो । प्रेमबहादुरले सम्झनालाई विपिनको जिम्मा लगाए । विपिनका बुबा विनोद दाहाल र ठूलो बुवा भरत दाहालसमेतको उपस्थितीमा विपिनले सम्झनालाई स्वीकार गर्न राजी भए । तर यो कुराले विपिनको आमालाई पिरोल्यो । अरुको घरकी बुहारी त्यसमा पनि क्षेत्रीलाई बुहारीको रुपमा भित्र्याउनु पर्ने स्थिति आएपछि उनी त्यहिँ मुर्छित भइन् । विपिनकी आमा नै अचेत जस्तै बनेपछि काका भरत दाहालले केटालाई भोलिपल्ट उपस्थित गराउने सर्तमा कुरा मिल्यो । सम्झनालाई लिएर खड्का परिवार घर लागे ।

सम्झना र विपिनको प्रेम

एक सामाजिक संस्थामा प्राविधिकको काम गर्ने विपिन दाहाल र सम्झना खड्काबीच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । विवाहित सम्झनालाई सिउँदो भरेर भित्र्याउन पनि विपिन तयार थिए । उनीहरुबीच टेलिफोनमा कुराकानी र काठमाडौंमा रहेको बेलामा भेटघाट समेत हुने गरेको थियो । गाउँमा गएको बेलामा भने रातको समयमा भेटघाट हुने र शारीरिक सम्बन्ध समेत राख्ने गरेका थिए । बनेपा पोलीटेक्नीकमा आइटी पढ्ने सम्झना दशैंको समयमा घरमा आएकी थिइन् ।

उल्टै केटीमाथि आरोप !

घटना भएको विहानै बुहारीलाई जिम्मा लगाउन खड्का परिवार विपिन दाहालको परिवारलाई कुरेर बसेको थियो । तर मध्याह्नसम्म विपिन नआएपछि समस्या उत्पन्न भयो ।

खड्का परिवार विपिन दाहालको घरमा पुग्यो । तर विपिनका बुबाले हिजोको घटनाबारे आफूलाई केही थाहा नभएको बताए । ‘हिजो के भएको थियो र ?’ भन्दै प्रश्न गर्न थाले । उनले आफूहरुलाई फसाउन खोजेको आरोप पनि सम्झना खड्कामाथि लगाए । विपिन त्यसदिनदेखि घर आएका छैनन् । सोही दिनदेखि विपिनका आमा बुवा पनि घरमा ताल्चा लगाएर हिँडेका छन् ।

विपिन नआएपछि खड्का परिवार नजिकै रहेको प्रहरी चौकी पुग्यो । तर, प्रहरीले पनि यसमा केही निर्णय गर्न सकेन । प्रहरीले गाउँपलिकामा रहेको न्यायिक समितिमा जान र निर्णय गरेर ल्याउन भन्यो । त्यसपछि खड्का परिवार स्थानीयको साथमा गाउँपालिकाको कार्यालय पुग्यो ।

सम्झनाले आफू र विपिनबीच शारीरिक सम्बन्ध रहेको र उसले विवाह गर्ने बचन दिएकाले नाता कायम गरिपाउँ भन्दै लिखु गाउँपालिकाको कार्यालयमा निवेदन दिइन् ।

तर, गाउँपालिकामा पनि अर्को समस्या खडा भयो । गाउँपालिकाको न्यायिक समिति संयोजक (गाउँपालिकाकी उपाध्यक्ष) दिपशिखा सम्झनाका प्रेमी विपिनकी ठूली आमा परिन् । उपाध्यक्ष दिपशिखाले घटनाबारे निर्णय गर्न न्यायिक समितिको बैठक बसाउन मानिनन् । आफू व्यस्त रहेको भन्दै उनी तर्कन थालेपछि समस्या समाधान गर्न स्थानीयले गाउँपालिकाका अध्यक्षलाई आग्रह गरे । गाउँपालिकाका अध्यक्ष पनि काठमाडौंमा रहेपछि कुनै निर्णय हुन सकेको छैन ।

गाउँपालिकाकी उपाध्यक्षले उल्टै सम्झनामाथि नै आरोप लगाएको स्थानीयको भनाइ छ । गाउँपालिका उपाध्यक्षले केटी पक्षबाट विपिनलाई फसाउन खाजेको भनेर गाउँभरि नै हल्ला गर्दै हिँड्ने गरेको खड्का परिवारको आरोप छ । ‘हामी न्याय माग्नका लागि उपाध्यक्षकहाँ गयौं,’ प्रेमबहादुरकी छोरी कल्पना खड्काले भनिन्, ‘तर उहाँ नै केटीलाई आरोप लगाउँदै हिँड्नु भएको छ ।’

सम्झना अब कसकी बुहारी ?

सम्झनालाई चार वर्ष अघि विवाह गरेर घर भित्र्याएका शुभराज यतिबेला नेपाली सेनाको त्रिशुलीस्थित तालिम केन्द्रमा कार्यरत छन् ।टेलिफोनमार्फत घटनाबारे जानकारी गराउँदा शुभराजले कुनै पनि हालतमा सम्झनालाई स्वीकार नगर्ने बताएको शुभराजकी दिदी कल्पनाको भनाइ छ ।

आफूसँग शारिरीक सम्बन्धसमेत राखेको र विवाह गर्छु भनेको भन्दै सम्झजना विहीबार (आज) दिउँसो विपिन दाहालको घरमा गएकी थिइन् । तर, विपिनका बुवा–आमा सम्झना बुहारीको रुपमा घरमा भित्रन आएको भन्दै घरमा ताल्चा लगाएर हिँडेका छन् ।

‘म अब कुन अनुहारले यो घरमा बसौं भन्दै बुहारीले आज विहान आत्महत्या प्रयास पनि गरिन्’ कल्पनाले भनिन्, ‘त्यसपछि उनी विपिनको घरमा गएकी छिन् । तर विपिनका आमा बुबाले घरमा ताला लगाएर घरबाट हिँडे ।’

सम्झना अहिले ताल्चा लागेको घरमा बसेकी कल्पनाले जानकारी दिइन् । नजिकै रहेको प्रहरी चौकीले सम्झनालाई पहरा दिइरहेको छ भने कुनै अप्रिय घटना नहोस् भन्नका लागि स्थानीयहरु पनि भेला भएर बसेका छन् । लोकान्तरबाट |

सम्झनाले आफू विपिनसँग बस्न चाहेको र उसँग शारीरिक सम्बन्ध समेत रहेको भन्दै प्रहरी र गाउँपालिकामा निवेदन दिएकी छन् । यस्तो अवस्थामा सम्झनाले न्याय पाउनुपर्ने र विपिलने सम्झनालाई स्वीकार गर्नुपर्ने खड्का परिवारको माग छ ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution