इजरायल:राष्ट्रिय तामाङ मौलिक भेषभुषा प्रतियोगिताको फोटो सार्वजनिक

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको चौथौ बार्षिक उत्सबको पावन अवसरमा ‘तामाङ जातिको राष्ट्रिय भेषभुषा र गरगहनालाई सम्वर्द्धन गर्ने मुख्य उद्धेश्यको साथ “राष्ट्रिय तामाङ मौलिक भेषभुषा महिला फोटो प्रतियोगिता – 2018” को आयोजन गरेको छ |प्रतियोगितामा सहभागी महिलाहरुको फोटो सामाजिक संजाल फेसबुकमा “तामाङ राष्ट्रीय भेषभुषा प्रतियोगिता २०१८” पेज मार्फत सार्वजनिक गरेको छ |
प्रतियोगितामा इजरायलमा कार्यरत १९ जना महिलाहरुले सहभागी जनाएका छन् |
प्रतियोगीताहरुको फोटोमा LIKE गर्नेहरुले पेज अनिवार्य रुपमा LIKE गर्नु पर्ने र फोटोमा मात्रा गरेकोलाई भोटिंङ गणनामा मान्यता नदिने भएको छ |
प्रतियोगितामा सबै भन्दा बढि Like र Share को भोट अनुसार प्रतियोगितालाई बिजेता घोषणा गर्ने भएको छ |
प्रथम हुने बिजेता प्रतियोगिलाई नेपाली रुपियाँ १०,००० | – नगद पुरस्कार, सिल्भर फ्रेममा बिजेताको फोटो,प्रमाणपत्र सहित सम्मान गर्ने भएको छ |
सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमाण-पत्र प्रदान गर्ने आयोजकले बताएको छ |
प्रतियोगितामा सहभागीहरुको शेयर गरेको फोटोमा क्लिक गरी पेजमा पुगेर Like गर्दा मात्रा वास्तविक LIKE देखिने भएकोले तत् अनुसार गर्दा राम्रो हुनेछ |
नियमहरू –
१) Like र Share को आधारमा सबै भन्दा बढि भोट प्राप्त भएको प्रतियोगितालाई बिजेता घोषणा गरिनेछ |
२) प्रथम हुने बिजेता प्रतियोगिलाई नेपाली रुपियाँ १०,००० | – नगद पुरस्कार, सिल्भर फ्रेममा बिजेताको फोटो,प्रमाणपत्र सहित सम्मान गरिनेछ ।
३) सहभागिताहरुले अनिवार्य रुपमा “तामाङ मौलिक भेषभुषा प्रतियोगिता -२०१८” को पेज Like गर्नुपर्ने छ ।
४) तामाङ जातीको मौलिक संस्कृति /पहिचान झल्किने भेषभुषाको पहिरन पहिरेको फोटो हुनुपर्ने छ |
५) फोटो हालसाल खिचिएको Full Size र एकल (single) हुनुपर्ने छ ।
६) पेज Like गरिएको फोटोको Like लाई मात्र मान्यता दिईनेछ |
७) अटो लाईक Like लाई मान्यता दिईने छैन |
८) फोटोमा Like र share को आधारमा हुनेछ | (Like को १.५ भोट र share शेयर को १ भोट गनिनेछ)
९) फोटोमा mention/comments,share गर्न सक्नेछ | फोटोमा LIke र share गरेको १३ नोभेम्बर मध्यरात (१२:००) बजे सम्मलाई मात्र मान्यता दिइने छ |
१०)बिजेताको घोषणा नेपाल तामाङ घेदुङ इजरायलको वार्षिकोत्सव कार्यक्रमको दिन अर्थात् १६ नोवेम्बेर २०१८ शुक्रबार साँझ हुनेछ |
तामाङ मौलिक भेषभुषा प्रतियोगिता -२०१८” को पेज र सहभागी प्रतियोगिताको फोटोमा LIKE गर्न यहाँ क्लिक
तामाङ मौलिक भेषभुषा प्रतियोगिता -२०१८ गर्नुहोस् |