इजरायलमा बलिहाङ तङनाम येले तङ्बे ५०७८ भव्यताको साथ मनाउने

तेलअविव – परम्परा देखिनै चल्दै र मनाउदै आएको याक्थुङबाहरुको मौलिक चाड बलिहाङ तङनाम येले तङ्बे ५०७८ लाई बितेका बर्षहरु झै यस बर्ष पनि किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा विधिवत तरिकाले कियाचु इजरायलका संस्थापक प्रताप मादेनको अपार्टको छ्टमा नोभेम्बर ९ तारिख (शुक्रवार) साँझ ८:०० बजे देखी नाम्लिङ्गेक/लारिङ्गेक ( देउसी/भैलो ) कार्यक्रम मनाउन भएको छ |
लारिङ्गेक/नाम्लिङ्गेक देउसी भैली कार्यक्रममा इजरायलवासी समस्त याक्थुङ्बा,याक्थुङमा लगायत सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागी किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |