हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तिहारमा मुलुकभर लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

काठमाडौं, कात्तिक १४ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा मुलुकभर लोडसेडिङ नहुने बताएका छन् । बुधबार राजधानीमा मध्य भोटेकोसी जलविद्युत् आयोजनाले सेयर निष्कासनसम्बन्धी गरेको पत्रकार सम्मेलनमा उनले तिहारका बेला १२ सय ७० मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएको बताए ।

अनुमानित मागभन्दा धेरै खर्च भएमा पनि धान्नसक्ने वातावरण बनाएको भन्दै उनले तिहारमा कहीँपनि लोडसेडिङ नहुने बताए ।

यो वर्ष गत वर्षको तुलनामा ‘सप्लाइ’ बढाइएको उनको भनाइ छ ।

प्राविधिक कारणले कतै–कतै बत्ती जानसक्ने तर सप्लाइ कम भएर लोडसेडिङ हुने स्थिति नभएको उनले दाबी गरे ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोेटेकोसी जलविद्युत् आयोजनाले सर्वसाधारण समूहका लागि छुट्याएको सेयर निष्कासन गर्ने जनाएको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सञ्चयकर्ताका लागि यही कात्तिक २८ देखि मंसिर १४ गतेसम्म सेयर निष्कासन गर्नेछ ।

त्यस्तै, संगठित संस्थाका कर्मचारी र ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि मंसिर १८ देखि २६ गतेसम्म सेयर निष्कासन गर्ने जनाइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution