हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

क्यानडामा आमाबुवालाई बोलाउने भिसा खुल्दै

क्यानडालाई बहुभाषी सांस्कृतिको देश पनि भनिन्छ। विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेको संख्या यहाँको रैथानेभन्दा बढी छ। आफ्नो जन्मथलो छोडेर क्यानडालाई कर्मथलो बनाएका आप्रवासीले आफ्नो परिवारलाई पनि त्यही अनुरुपको जीवन शैली दिएका हुन्छन्।

त्यसका अतिरिक्त क्यानडा आएपछि आफूलाई जन्माएर योग्य नागरिक बनाउने आफ्ना आमाबुवासँगै आफ्ना हजुर आमाबुवालाई पनि आफूसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई क्यानडा सरकारले महत्व दिँदै आएको छ।

लिबरल पार्टीबाट शुरू भएको क्यानडाको आप्रवासी नीतिलाई केन्द्रमा लिबरल पार्टीको सरकार आएपछि फेरि निरन्तरता दिँदै आएको छ। आठ वर्षको कन्जर्भेटिभ पार्टीको सरकारले रोक लगाएको आमाबुवा तथा हजुरआमा बुवाहरुलाई स्पोन्सर गर्ने प्रक्रिया लिबरल पार्टीको सरकार बन्नै वित्तिकै आमाबुवा तथा हजुरआमा बुवाहरुलाई क्यानडा बोलाएर आफैसँगै राख्न पाउनका लागि स्पोन्सर गर्न प्रक्रिया फेरि सुरू भएको छ ।

तर, सन् २००६ मा प्रोग्रेसिव कन्जर्वेटिभ पार्टीले चुनाव जितेर कन्जर्वेटिभ पार्टीले सत्तामा आउनासाथ आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सर गर्ने प्रक्रियाको अन्त्य गर्ने घोषणा गरेपछि आमाबुवा तथा हजुरआमा बुवाहरुलाई बोलाउन सुपर भिसा प्रक्रिया शुरु गरेको थियो।

यस प्रक्रिया अनुसार आफ्ना आमाबुवा तथा हजुरआमा बुवाहरुलाई क्यानडा बोलाउनु परे सुपर भिसा अन्तर्गत १० वर्षको भिसा लिएर एकपटकमा दुई वर्षसम्म आफूसँग राख्न पाउने तर क्यानडा आउनुअघि उनीहरुको स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने हुन्थ्यो। यो प्रक्रिया अहिलेसम्म पनि लागूनै छ।

यसरी आफूलाई जन्माएर हुर्काई बढाई पढाई यहाँसम्म पुर्‍याउने आफ्ना प्रियजनलाई आफूसँग स्थायी रूपमा राख्न नपाउने प्रक्रियाको विरोध भईरहेको थियो। सरकारलाई आफूले कमाएको लगभग ४०–४५ प्रतिशत कर दिँदै आएका करदाता क्यानेडियनले आफ्नै प्रियजनलाई बुढेसकालमा आफूसँग राखेर सेवा गर्न पाईरहेका थिएनन्। तर, सन् २०१५ मा चुनाव जितेर लिबरल पार्टीको सरकार बन्ने वित्तिकै आमाबुवा तथा हजुरआमा बुवालाई स्पोन्सर गरेर आफैंसँग राख्न पाउने व्यवस्था फेरि शुरु भएको छ।

सरकारले प्रारम्भका दुई वर्षमा वार्षिक दस हजार आवेदन चिठ्ठा प्रक्रियाबाट आव्हान गरेको थियो। यसमा आवेदन बुझाएकाबाट प्रत्येक बर्ष दस हजार आवेदकले स्पोसरका अन्य प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ। यसरी क्यानडा आउने आमाबुवा तथा हजुरआमा बुवाहरुले नियमानुसार यहाँको निःशुल्क स्वास्थ्य सेवा पाउने गर्छन् । यो निःशुल्क स्वास्थ्य सेवा पाउनु नै ठूलो सहयोग हो भने आय आर्जन नगरेका जेष्ठ नागरिकलाई सरकारले निःशुल्क औषधि पनि उपलब्ध गराउने गर्छ। यसलाई आप्रवासीहरुको अधिकारको रुपमा लिने गरिन्छ। तर, कन्जर्वेटिभको सरकारले आमाबुवा तथा हजुरआमा बुवाहरुलाई पनि भिजीटर भिसा प्रक्रिया अन्तर्गत राखेर आफैंले उनीहरुको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्ने व्यवस्था बनाएको थियो। तर, लिबरल पार्टीले पुनः आमाबुवाहरुलाई स्थायी बासिन्दा (पिआर) का रूपमा स्पोन्सर गरेर आफूसँगै यहाँका बासिन्दाले पाउदै आएको स्वास्थ्य सेवासहितको बासिन्दाका रुपमा राख्न सकिने प्रक्रिया शुरु गरेको छ।

जसलाई लिबरल पार्टीले पुनः स्थायी बासिन्दाका रुपमा राख्न पाउने गरी आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सरसिपलाई अझ सहज बनाउँदै गएको छ ।

यस वर्षदेखि सरकारले चिठ्ठा प्रक्रियाको सट्टा आवेदन जसले पहिला बुझाउँछ उसले पहिलो प्राथमिकता पाउने गरी नयाँ प्रक्रिया शुरु गरेको छ।

यस वर्ष अर्थात २०१९ मा सरकारले २१,५०० आमाबुवा तथा हजुरआमा बुवाहरुका लागि ढोका खोलिदिने भएको छ । गत वर्ष सत्र हजार आवेदकले आफ्ना आमाबुवा तथा हजुरआमाबुवाहरु बोलाउने मौका पाएका थिए। ईच्छुक आवेदकले स्पोन्सरको आवेदन अन लाईन भरेर बुझाउनुपर्छ।

ईमिग्रेसन विभागले प्राप्त आवेदनबाट स्पोन्सर प्रक्रिया अनुरुप मेल खाने आवेदकलाई स्पोन्सरका अन्य आवेदन प्रक्रियाहरु पुरा गर्न सम्पर्क गर्ने छन्। यसरी आवेदन गर्नका लागि ईमिग्रेसन क्यानडाले २०१८ डिसेम्बर ३१ तारिखको राति १२ बजेपछि आफ्नो आधिकारिक वेभसाईट सिआईसि.जिसि.सिए. मा आवेदन फारम भर्न आव्हान गर्नेछ। यसमा पहिलो आउनेले पहिलो प्राथमिकता पाउने छन् भन्ने जानकारी क्यानडाका आप्रवास तथा नागरिक मन्त्री अहमद हुसैनले ईमिग्रेसन विभाग मार्फत जानकारी गराएका छन्।

त्यसैले यसपटक डिसेम्बर ३१ को राति नयाँ वर्षको आगमनको प्रतिक्षामा रमाउने कि आफ्ना प्रियजनको लागि फारम भरेर उनीहरुको आगमनको प्रतिक्षामा बस्ने, दोधारमा छन् धेरैजना। (क्यान ईण्डिया न्युजबाट)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution