लिम्बु (याक्थुङ) भाषा पाठशाला निर्माणको शिलान्यास

मिक्लाजोङ । मोरङको मिक्लाजोङ गाउँपालिकामा रहेको सिरिजंगा निसाम हिम शिलान्यास (लिम्बु /याक्थुङ भाषा पाठशाला) गरिएको छ ।सोमबार किरात याक्थु्ङ चुम्लुङ गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले शिलान्यास गरिन् ।
लिम्बु भाषा अध्ययन अध्यापन गर्न उद्देश्यले निर्माण गर्न लागिएको हिम (पाठशाला)निर्माण गर्न लागेको हो । किरात याक्थुङ चुम्लुङ इजरायल, तमू समाज इजरायल, नयन इम्सोङलगायत व्यक्ति, संघसंस्थाको आर्थिक सहयोगमा हिम निर्माण गर्ने चुम्लुङ वडाले जनाएको गर्ने बताइएको छ ।
साइनोखबरबाट