नेपाल तामाङ घेदुङ कुवेतले आठौं वार्षिकोत्सब ,सांस्कृतिक कार्यक्रम सहित मनाउने

कुवेत – नेपाल तामाङ घेदुङ कुवेतको आठौं स्थापना वार्षिकोत्सब “तामाङ भाषा, धर्म, भेषभुषा र संस्कृती हाम्रो पहिचान, नेवा : ताम्सालिङ निर्माणमा जनदवाब र तामाङ जागरण अभियान ” भन्ने नाराका साथ विगतको वर्षहरुमा झै यसपाली पनि यहि आउँदो आउदो ९ नोभेम्बर २०१८ शुक्रवार को दिन कुवेत स्थित आइडियल अडिटोरियम हल फर्वानियामा बिहान ११ बजे देखि सांस्कृतिक कार्यक्रम सहित भव्यताको साथ मनाउने भएको छ |
बैदेशिक रोजगारको शिलशिलामा आफ्नो जन्म भुमी छाडी बिदेशी भुमिमा रहेर आफ्नो कला, सस्कार, सस्कृति, भाषा, लिपि, भेषभुषा, जगेर्णा गर्दै र तामाङ पहिचानको आवाज उठाउदै बिभिन्न सामाजिक काममा सहभागी हुदै नेपाल तामाङ घेदुङ कुवेतले स्थापना काल देखि आठौं बर्षमा प्रबेश गरेको छ ।
आठौं वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रममा कुवेतमा बिभिन्न पेसा गरि रहनु भएको सम्पुर्ण तामाङ ज्यो ज्यो आले नानाआङाहरुलाई सम्भब भएसम्म तामाङ गोइलो लगाएर उपस्थित भई कार्यक्रमलाई भव्य रुपले सफल पार्न नेपाल तामाङ घेदुङ कुवेत द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
थुजेछे ।।।