अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा स्थानीयलाई सामान्य लाग्ने भएपनि अरुका लागि अनौठो हुने गर्दछ । डेनमार्कमा समयमै विवाह नगरिएकालाई दालचिनीको धूलो खन्याउने अनौठो परम्परा छ ।
यूरोपको डेनमार्कमा कोही अविवाहित छन् भने २५ औं जन्मदिनमा उनीहरुलाई दालचिनीको धूलो खन्याउने अनौठौ परम्परा छ । आफ्ना साथीभाइले घरबाहिर कतै पोल वा कुर्सीमा बाँधेर टाउको देखि खुट्टासम्मै दालचिचीको धुलो खन्या्इ दिने गर्छन् ।
पाँच वर्ष पछि ३० औं जन्मदिन सम्ममा पनि विवाह भएको छैन भने दालचिनीको साटो मरिचको धुलो खन्याउने चलन छ । १६ औं शताब्दिमा एकजना व्यस्त मसला व्यापारी जो व्यापारको क्रममा गाउँ गाउँ घुम्ने गरेको र उनीसँग विवाहका लागि समेत समय नभएको प्रसंगलाई लिएर सुरु भएको यो परम्परा डेनमार्कमा अहिले पनि कायमै छ ।