मलेसियामा नेपाली कामदार ल्याउन अब बिचाैलियाकाे अावश्यकता छैन: मन्त्री एम कुलासेगरन

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली कामदारसम्बन्धी सबै सम्झौता अबदेखि सरकारी तहमा हुने भएकोले नेपाली कामदार भर्ना गर्नका लागि बिचौलियाको प्रयोग हटेको बताउनुभएको छ ।
उहाँले मलेसिया सरकारले भर्खरै नेपाल सरकारसँग घरेलु महिला कामदारसहित अन्य कामदार पठाउने सम्झौता सम्पन्न भएकाे जानकारी दिनुभयो ।
‘हाम्रो प्रत्यक्ष कामदार नियुक्ति पद्धतिमा जीटूजी (सरकार–सरकारबीच) को प्रयोगबाट हामी सबै प्रकारका दलाल तथा बिचौलियाहरुको प्रयोग अन्त्य गर्दैछौं’ उहाँले मंगलबार संसदमा भएको पत्रकार सम्मेलनमा बताउनुभयो ।
यसअघि नेपाल सरकारले मलेसिया सरकारको अध्यागमनको प्रकृयाका कारण कामदारहरुले कठिनाई बेहोर्नुपरेकालगायतका कारणहरुले गर्दा आफ्ना कामदारहरु मलेसिया जानबाट रोक लगाएको थियो । यसबाहेक भिसा प्रकृयाका लागि सुरक्षा तथा स्वास्थ्य परीक्षण नीजी कम्पनीमार्फत गर्नुपर्ने पनि थियो ।हाल मलेसियामा पाँच लाखभन्दा बढी नेपाली कामदारहरु रहेको तथ्यांक छ । ती मध्ये एक लाख ५० हजार सुरक्षा गार्डका रुपमा र बाँकी संरचना निर्माण र कारखानाहरुमा कार्यरत छन् ।
१३ कार्तिक २०७५