लोकप्रियताका लागिमात्रै मलेसियासँग श्रम सम्झौता : व्यवसायी

काठमाडौं, कात्तिक १३ । अन्ततः लामो समय र धेरै प्रयासपछि नेपाल मलेसियासँग श्रम सम्झौता गर्न सफल भएको छ ।
सम्झौता प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनसके रोजगारीका लागि मलेसिया नेपाली श्रमिकका लागि सुरक्षित गन्तव्य हुने रोजगारविज्ञ बताउँछन् ।
सम्झौतामा समेटिएका बुँदाहरुले श्रमिकको सुरक्षा हुनसक्ने देखिएको भन्दै यो उपलब्धिमूलक भएको श्रमविज्ञ गणेश गुरुङ बताउँछन् ।
तर, वैदेशिक रोजगार व्यवसायीहरु भने सरकारले लोकप्रियताका लागिमात्र मलेसियासँग यस्तो सम्झौता गरेको दाबी गर्छन् ।
रोजगारीका लागि मलेसिया जाने श्रमिकहरुलाई आफ्नो राहदानी राख्न दिने व्यवस्थाले झन् असुरक्षित बनाएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको भनाइ छ ।
सरकारले मलेसियासँगको श्रम सम्झौतामा व्यवसायीहरुलाई सहभागी नबनाएको र व्यवसायीलाई बेवास्ता गरेको गुनासो संघको छ | इमेज