इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना भव्यताको साथ मनाउने

तेलअविव – नेवाः खल इजरायलको आयोजनामा नेवाहरुको “कला, संस्कार संस्कृती, भेष भुषा, भाषा, चाडं पर्वकाे संरक्षण र सम्बर्धन गरौ” भन्ने मूल नारा सहित
म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना आउँदो ९ नोभेम्बर २०१८ (शुक्रबार) साँझ तेलअविव स्थित तखाना मार्काजित तेश्रो तला, तेलअभिव एभरेस्ट डिस्को हलमासाँझ ६ बजे देखि भव्यताको साथ मनाउने भएको छ |
नेवा खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले जानकारी दिएअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा मनाइने उक्त पर्ब परदेशमा भने छुट्टीको समय मिलाई मनाइने गरिन्छ | इजरायलमा सदाका बर्ष झै यस् बर्ष पनि नेवा: समुदायको राष्ट्रिय माैलिक पर्ब स्वन्ति नख:, म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुनाकाे अग्रिम शुभकामना साथै सु- स्वास्थ दिर्घायु एवं सुख समृद्धिकाे कामना सहित कार्यक्रम सम्पन्न गर्न तिब्र रुपमा तयारी भईरहेको बताएकी छिन् |
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यसपर्वको दार्शनिक पक्ष समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ | किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वासमा यो पर्ब मनाइन्छ।
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि यो पर्ब मनाइने गरिन्छ |
कार्यक्रमलाई सफल बनाउन इजरायलमा स्थापित सामाजिक, धार्मिक, राजनैतिक र साहित्यिक संघसंस्थाहरु साथै अनलाइन मीडिय कर्मीहरु लगायत कर्मभूमी इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक निमन्त्रणागर्दै म्ह: पूजा कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण (समेबजी भोज) गरिदिन हुनका निमित्त नेवाः खल इजरायलले सबैलाई अनुरोध गरेको छ |