हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गर्ने भनेको मोटरसाईकल ¥याली तिहारपछि मात्रा हुने

१३ कातिक, काठमाडौं । नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल ¥याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तिहारपछि हुने भएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव तथा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले बताए ।


यस अघि समितिले कातिक १४ गते मोटरसाईकल ¥याली सहित मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने र हेटौडा मुख्य चौकमा जनसभा सम्पन्न गर्ने निर्णय गरेको थियो । कार्यक्रमको लागि २ र ३ नं. प्रदेशबाट उल्लेख्य संख्यामा नेवार, तामाङ लगायत अन्य पहिचान पक्षधर समुदायको सहभागिता गराउने तयारी पनि गरिएको थियो । तर उक्त मितिमा प्रदेशको संसद बैठकको समय नमिलेपछि कार्यक्रम सारिएको समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले बताए ।

सोमबार बसेको बैठकले कातिक १४ गते नेवाः ताम्सालिङ समन्वय समितिको एक प्रतिनिधि मण्डल हेटौडा पुगेर मुख्यमन्त्रीसँग भेट गरी आफूहरुले उठाएको प्रदेशको नामाकरण, भाषाको सवाल र कम जनसंख्या भएका आदिवासी समुदायको स्वायत्तताको मुद्दाको बारेमा छलफल गर्ने ताम्रकारले बताए ।

यसका साथै समितिले यस बीचमा प्रदेश सांसदहरुसँग आन्तरिक रुपमा प्रदेश नामाकरणको विषयमा छलफल गर्ने भएको छ । तिहार र छठ पर्वपछि प्रदेश संसद चालु भएको अवस्था पारेर लगत्तै यसअघि घोषित मोटरसाईकल ¥याली गरिने समितिले जनाएको छ ।

नामाकरणको लागि दबाब दिन आपूmहरु उल्लेख्य संख्यामा हेटौडामा जाने तयारी गरेको नेपाल तामाङ घेदुङ प्रदेश नं. २ का अध्यक्ष डेनोक मोक्तानले बताए । यसैगरी ३ नं. प्रदेशका सबै जिल्ला समन्वय समितिहरु र २ नं. प्रदेश अन्तर्गतका सप्तरी, सर्लाही, धनुषा, बारा, महोत्तरी, पर्सा र रौतहटबाट समेत हजारौको संख्यामा ¥यालीमा सहभागिता रहने बुझिएको छ ।

ऐतिहासिक सभ्यताले विकास गरेको पहिचानका आधारमा ३ नं. प्रदेशको नामाकरण नेवाः ताम्सालिङ नराखिए त्यसले स्थायी द्वन्द्व निम्त्याउने पहिचानको लागि आन्दोलनरत नेताहरुले चेतावनी दिइसकेका छन् ।

अहिलेसम्म प्रदेश नं. ४, ६ र ७ को नामाकरण भईसकेको छ भने प्रदेश नं. १ लाई किरात–कोशी या किरात–सगरमाथा नामाकरण गराउने विषयमा छलफल भइरहेको छ । नामाकरण गरिएका तीनवटा प्रदेशहरुको नाम क्रमश गण्डकी, कर्णाली र सुदूरपश्चिम राखिएका छन् । आदिवासी जनजाति समुदायले ती नामहरुमा पञ्चायती गन्ध मिसिएको भन्दै ३ नं. प्रदेशलाई त्यसखालको नाम राख्न नहुनेमा लबिङ गर्दै आएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution