शरणार्थीहरूका सम्बन्धमा ट्रम्प प्रशासनको कडा दृष्टिकोण, मेक्सिको सीमामा ५२ सय अमेरिकी सैनिक

काठमाडौं — शरणार्थीहरूका सम्बन्धमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कडा दृष्टिकोण कायम छ ।
ट्रम्पले मेक्सिकोसँग जोडिएको दक्षिणी सीमातर्फ बढिरहेका मानिसलाई केही दिनअघि उनले आफ्नो देश फर्केर अन्य मानिसले जस्तै अमेरिकी नागरिकताका लागि निवेदन दिन भनेका थिए ।
ट्रम्प प्रशासनले अब ठोस कदम उठाएर शरणार्थीहरूको जत्था सीमामा पुग्नुअघि मेक्सिको सीमामा ५२ सय सैनिक पठाउने निर्णय लिएका छन् । अमेरिकी अधिकारीहरूले सोमवार यसको जानकारी दिएका हुन् ।
यो मिसनलाई अपरेसन विश्वासयोग्ग देशभक्त दिइएको छ र यसको नेतृत्व लेफ्टिनेन्ट जेफ्री एस बुकाननले गर्नेछन् । उनले सन् २०१७ मा पुएर्तो रिकोमा भयंकर आँधी मारिया आएपछि उद्धार अभियानको नेतृत्व गरेका थिए ।
मेक्सिको सीमामा मंगलवारबाटै यो अपरेसन शुरू हुनेछ । यसबाहेक अमेरिकी वायुसेनाले पनि सीमामा गश्ती गर्नका लागि ४०० एजेन्ट नियुक्त गरेको छ । सेनाले यसै वर्ष मेक्सिको सीमामा दुई हजार राष्ट्रिय रक्षक (नेसनल गार्ड) का जवान पठाएको थियो ।
कात्तिक १३, २०७५
एजेन्सी