हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मला हत्या प्रकरण : चारजनाको डीएनए परीक्षणसँगै पोलिग्राफको तयारी, हत्यारा पहिचान हुनसक्ने

निर्मला हत्या प्रकरण : चारजनाको डीएनए परीक्षणसँगै पोलिग्राफको तयारी, हत्यारा पहिचान हुनसक्ने

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ४ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । प्रहरी प्रवक्ता उत्तमकुमार सुवेदीका अनुसार अनुसन्धानका क्रममा ३ देखि ४ जनाको डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । तर, नमुना संकलन भने भइसकेको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको सुवेदीले बताए । उनका अनुसार कतिपयको पोलिग्राफ परीक्षण गर्ने तयारीसमेत भएको छ । ‘‘पोलिग्राफ गर्ने टोली प्रदेश प्रहरी कार्यालयमै रहन्छ । आवश्यक परे तत्काल पुग्नसक्छ,’’ उनले भने ।

कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले पनि घटनाको अनुसन्धान भइरहेको बताए । ‘‘अनुसन्धानकै क्रममा छौं । नयाँ कुरा आएपछि भनौंला,’’ ओझाले भने । निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्ट, कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुष विष्ट र चक्र बडूको समेत डीएनए परीक्षण गरिएको थियो ।

निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेको थिएन । कञ्चनपुर प्रहरीले गत भदौ ४ गते निर्मला हत्याको मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले दिलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरे पनि डीएनए म्याच नगरेपछि उनी थुनामुक्त भएका थिए ।

स्रोतका अनुसार लामो अध्ययनपछि प्रहरीले केही शंकास्पद व्यक्तिको पहिचान गरेको छ । उनीहरुका गतिविधि, घटनाअघि र पछिको व्यवहारलाई केलाएर प्रहरीले थप ४ जनाको डीएनए परीक्षण गर्ने योजना बनाएको छ । स्रोतले भन्यो, ‘‘दुईजनामाथि बढी शंका छ । उनीहरुको नाम भन्न मिल्दैन । डीएनए नमुना संकलन गर्न आशंकामा रहेका सबैको उमेर २५ माथि र ४० वर्षमुनि छ ।’’ डिएनए परीक्षण गर्न लागेकाहरु सबै भीमदत्त नगर क्षेत्रभित्रकै भएको स्रोतको दाबी छ । ‘‘हामीले संकलन गर्न लागेको डिएनएबाट हत्याराको पहिचान हुने सम्भावना छ । त्यसका केही आधार फेला पारेका छौं । डिएनए म्याच नभए अनुसन्धान निकै जटिल बन्ने सम्भावना छ,’’ स्रोतले भन्यो ।

झण्डै ३ महिनादेखि सिआइबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ । अनुसन्धान टोलीले घटना उखुबारीमै भएको निष्कर्ष निकालेको छ । यसअघि निर्मला हत्या उखुबारीमा नभएर अन्त भएको हो कि भन्ने आशंका हुँदै आएको थियो । घटनास्थलको प्रकृति, विभिन्न फोटो र भिडियो फुटेजका आधारमा प्रहरीको ‘एक्सपर्ट’ टोलीले उखुबारीमै बलात्कार र हत्या भएको निष्कर्ष निकालेको हो । बार्हखरिबाट

निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाहि गरेको भन्दै गृह मन्त्रालयले यसअघि नै तत्कालीन एपसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्टलाई बर्खासी गरिसकेको छ । तत्कालीन समयमा दिलिप विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गर्नुअघि अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले उनीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । प्रहरीमाथि नै अनुसन्धान गर्ने जिम्मेवारी एआईजी धिरु बस्न्यातलाई दिइएको छ ।

 

१३ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution